ब्रिशवेनमा नेपाल फेष्टिभल सम्पन्न


Date:2016-11-13
प्रत्येक दुई बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा आयोजना हँुदै आइरहेको नेपाल फेस्टिभल, ब्रिशवेन शहरबाट शुरु भएको छ । १२ नोभेम्बर शनिबार हजारौ  नेपालीहरुको उपस्थित बिच नेपाल फेष्टिभल ब्रिशवेन २०१६ भब्यरुपमा सम्पन्न भएको हो । नेपाल पर्यटनको पर्बद्र्धन गर्ने उदेश्यले आयोजना गरीएको सो फेष्टिभलको एक दिन अगाडि नेपाल परेडको समेत आयोजना गरीएको थियो । 
 
प्रमुख अथिति माननिय संसद ग्रेस ग्रेस (Representative of Minister Of Employment and Industrial Relations and Multicultural Affairs  ) र एनआरएनए केन्द्रिय अध्यक्ष शेष घलेले पानशमा बत्ति बालेर संयुक्त रुपमा फेष्टिभलको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम् नेपाल फेस्टिभल ब्रिस्वेनका संयोजक अभिमान सिंह बस्नेतले स्वागत अभिनन्दन गर्नु भएको थियो । आफ्नो स्वागत मन्तब्यमा बस्नेतले नेपाल सबै दृष्टिकोणले पर्यटकको लागि एकदमै सुरक्षित स्थल भई सकेकोले सबै बिदेशी साथी भाईहरुलाई नेपाल घुम्न जान आग्रह गर्नु भयो । 
उद्घाटन सत्रमा उपस्थितहरुलाई स्वागत गर्ने सिलसिला अन्तर्गत नै नेपाली कला संस्कृति झल्कने लाखे नाच, झांक्री नाच बिभिन्न भेष भुषा झल्कने झाँक्री र परेडहरु प्रस्तुत गरिएको थियो । 
 
कार्यक्रमको सुरु मै प्रमुख अथिति सांसद ग्रेसले ब्रिसवेनमा सम्पन्न हँुदै गरेको नेपाल मोहोत्सबले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालीहरुको सुखद उपस्थितिको संदेश दिदै आएको बताउनु भयो । कला र संस्कृतिमा धनि नेपालीहरु लाई नजिकबाट चिन्न र जान्न  यो फेस्टिभल निक्कै फलदायी भएको उँहाले बताउनु भयो ।
 
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका कन्द्रिय अध्यक्ष शेष घलेले उदाहरणीय यस फेस्टिभलको आयोजना गर्ने बिबिध किसिमबाट सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै एनआरएनए अस्ट्रेलिया र कुइन्सल्याण्ड स्टेट कमिटिले नेपाली दूताबास र नेपाली समुदायका संघसंस्थाहरु सँगको सहकार्यमा यति भब्य र ब्यबस्थित कार्यक्रम गर्न सफल भएकोमा बधाई दिनु भएको थियो । अस्ट्रेलियाको बहुसंकृतिक समुदायमा प्रत्यके २ बर्षमा आयोजना हुँदै आएको यस फेस्टिभल आफैमा बहुसांस्कृतिक अस्ट्रेलियाको लागि समेत गर्ब गर्न लाएक बिषय भएका कारण यस्ता खालका महोत्सबहरुमा नेपालबाट नेपाल सरकार, पर्यटन बोर्ड र यहाँको राज्य सरकार, बहुसांस्कृतिक क्षेत्र हेर्ने निकायले सहयोग गर्न सके कार्यक्रम झन् सफल हुने र आयोजकलाई सहज हुने बताउनु भयो । उपस्थिति बिदेशी पाहुनाहरु लाई घलेले फेस्टिभलमा रहेका नेपाली बिबिध खानाका परिकारहरु को स्वाद लिन र हाम्रो कला संस्कृति एकै थलोमा हेर्न पाइने यो अवसरको पुरा सदुपयोग गर्न अनुरोध गर्नु भयो ।
 
नेपाली दूताबासको तर्फबाट डिल्ली राम शर्माले, नेपलिज एशोसिएसन अफ कुइन्सल्याण्डका अध्यक्ष गोबिन्द बराल, ब्रिसबेन सिटि काउन्सिलको मेयर भिक्की होवार्ड, मेयर पउल पिसासाले, कुइन्सल्याण्ड मल्टिकल्चर सदस्य गिटीइ हाउस लगायतका अथिति बक्ताहरुले कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । एनआरएनए दोश्रो पुस्ताकी सदस्य कृति आलेले  संचालन गरेको औपचारिक कार्यक्रमको अन्त्यमा एनआरएनएका अधक्ष्य सुरेन्द्र सिग्देलले कार्यक्रम सफल पार्न दिन रात खट्ने कुइन्सलेण्ड स्टेट कमिटिका सबै साथीहरुको प्रसंशा गर्दै कार्यक्रममा सहयोग गर्ने सबै ब्यापारी साथीहरु र समुदायका सबै सदस्यहरुलाई धन्यवाद दिनु भएको जानकारी आयोजक संस्थाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले दिनु भएको छ । 
 
औपचारिक कार्यक्रमको समापन पछि कार्यक्रम स्थललाई संगितमय बनाउदै नेपालबाट आएको कन्दरा ब्याण्ड, गायिका अन्जु पन्त, गायक सुगम पोख्रेल लगायत स्थानीयकलाकारहरुले साँझ अबेर सम्म गित संगीत र नृत्यले मनोरंजन दिएका थिए ।