भारतमा पाँच सय र एक हजारको नोट प्रतिबन्ध


Date:2016-11-08

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरात १२ बजेबाटै पाँच सय र एक हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । सम्बोधनमा मोदीले पाँच सय र एक हजारका नोट साथमा भएका प्रयोगकर्ताहरुले डिसेम्बर ३० तारिखभित्र बैंकमा जम्मा गर्न अनुरोध गरेका छन् ।

 
मुलुकभित्र पाँच सय र एक हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाउनुको मुख्य कारण जाली नोट कारोबारीलाई निरत्साहित गर्नु रहेको जनाईएको छ । यसअघि नै नेपाल सरकारले नेपालभित्र पाँच सय र एक हजार भारतीय रुपैयाँको नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो । भारत सरकारले पुराना नोटको सट्टा नयाँ नोट प्रयोगमा ल्याउने जनाएकोछ ।