अनेसासका नवनिर्वाचित पदाधिकारीले शपथ लिए


Date:2016-11-01
नेपाली भिजन ।   मेरिल्याण्ड ,नोभेम्वर १/ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपाली भाषा र संस्कृति जगेर्नाको लागि डायस्पोरामा रहेका नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको वताउनुभएको छ । आईतवार महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औ जन्म जयन्ती तथा अन्र्तराष्ट्रिय साहित्य समाज अनेसासको वार्षिक साधारण सभालाई मेरिल्याण्डमा सम्बोधन गर्दे राजदूत कार्कीले उक्त धारणा राख्नु भएको हो । सम्बोधनको क्रममा राजदूत कार्कीले अन्र्तराष्ट्रिय स्तरमा नेपाली भाषा र नेपालीको पहिचानलाई स्थापित गराउन अनेसास जस्तो संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दछु भन्नुभयो । 
 
कार्यक्रममा डेमोक्रयाट पार्टीमा क्रियाशील हयारी भण्डारीले महाकवि देवकोटाको वहुआयामिक पाटोको वारेमा चर्चा गर्दे नेपाली साहित्यलाई अन्र्तराष्ट्रियकरण गर्नका लागि नेपाली भाषाका राम्रा सृजनाहरुलाई अनुवाद गरेर विश्वविख्यात विश्वविद्यालयमा पुरयाउन पहल गर्नु पर्ने वताउनुभयो । मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले नेपाली र अंग्रेजी भाषामा दख्खल राख्ने नयाँ पिढीवाट अनुवादको माध्यमवाट विश्व वजारमा नेपाली साहित्य पुरयाउनु पर्ने वताउनुभयो । अनेसासका वोर्ड अफ ट्रष्टि तथा मेरिल्याण्ड राज्यमा गभर्नरको कार्यालयमा कमिशनरको जिम्मेवारी पाउनु भएका डा श्याम कार्कीले नेपाली भाषालाई स्थाीनीयय विद्यालयहरुमा ऐच्छिक विषयमा अध्यापन गराउनका लागि पहल भईरहेको वताउनुभयो । 
 
 
कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष हेमराज सुवदी,डा.भीम कट्टेल लगायतले महाकवि देवकोटाको वारेमा आ आफनो भनाई राख्नुभएको थियो । मेरिल्याण्ड च्याप्टरका सभापति भरत वराईलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लिलु गुरुङ्ग,गोविन्द गिरी प्रेरणा,भीम कट्टेल,भुवनेश्वरी वन्जाडे,पारस श्रेष्ठ,श्रीजन ताम्राकार,गुणराज लुईटेल लगायतका डेढ दर्जन साहित्यकारहरुले कविता वाचन गरेका थिए । 
 
 
कार्यक्रममा अन्र्तराष्ट्रिय साहित्य समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई डा. अर्जुन कार्कीको समुपस्थितिमा निर्वाचन समितिका संयोजक तीर्थ पाण्डेयले शपथ गराउनुभएको थियो ।अनेसासको निर्वाचनबाट सन् २०१६( २०१८ का लागि निर्बाचित अध्यक्ष पदम विश्वकर्मालाई प्रमुख निर्वाचन आयुक्त तीर्थराज पाण्डेले सपथग्रहण गराउनु भएको थियो। अध्यक्ष विश्वकर्माले सपथग्रहण पश्चात कार्यक्रममा उपस्थित अमेरिकाका लागि उपाध्यक्ष प्रकाश नेपाल र महासचिव गोवर्धन पूजालाई सपथग्रहण गराउनु भएको थियो भने अन्य पदाधिकारीले विधुतीय संचार माध्यमबाट सपथ लिएका थिए। 
 
 
कार्यक्रममा  राजदूत डा. अर्जुनकुमार कार्कीले  प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे अनेसासको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा श्याम कार्कीले नवनिर्वाचित पदाधिकारीलाई  बधाई तथा शुभकामना दिदै अनेसासको अध्यक्ष पदम विश्वकर्माको कार्यशैलीको प्रशंसा गर्नु भयो । उहाँले अघिल्लो कार्यकालमा  उल्लेख्य कार्य गर्न सफल अध्यक्ष विश्वकर्मासहित कार्यसमितिका सबै पदाधिकारीको सहयोग र सद्भावबाट अनेसासको आगामी कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाले -छोरीको  बिबाहका लागि समेत ज्वार्इको घर छ कि छैन हेर्ने हाम्रो चलन छू  भन्नुहुदै अनेसासको आफ्नो घर निर्माण आवश्यक रहेको बताउदै आफूले उक्त कार्यका लागि पाँच हजार डलर सहयोग गर्ने घोषणा गर्नु भयो ।   
 
 
कार्यक्रममा अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासको बारेमा चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नु भयो ।नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा राम्रा कार्यको निरन्तरता र अनेसासको छवि उच्च पार्ने काम गरोस भन्दै उहाँले अनेसासको भवन निर्माणका लागि आफूले पनि पाँच हजार डलर सहयोग गर्ने बताउनु भयो ।
 
 
कार्यक्रममा अध्यक्ष विश्वकर्माले आगामी कार्यकालमा केही राम्रो काम  गरेर अनेसासको सुन्दर इतिहास बनाउन लागि पर्ने बताउदै अनेसासको भवन निर्माणका लागि सुरुमा आफूले पनि दुई हजार डलर सहयोग गर्ने बताउनु भयो ।अनेसास मेरिल्याण्ड च्याप्टरको संयोजनमा च्याप्टरका अध्यक्ष भरत बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीम कट्टेल, प्रविण भण्डारी, मधुकर अधिकारी, शिव लामिछाने, लिलु गुरुङ, तितेपाती , पारसमणि श्रेष्ठ, गुणराज लुइँटेल, भुवनेश्वरी बन्जाडे, सृजन ताम्राकार, कमला ओली, लगायतले पनि मन्तव्य तथा कवितावाचन गर्नु भएको थियो ।
 
उक्त कार्यक्रममा महासचिव गोवर्धन पूजाद्वारा प्रस्तुत गरिएको अनेसासको वार्षिक प्रतिवेदन तथा सचिव प्रकाश नेपालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो ।
 
 को को छन नयाँ कार्यसमितिमा ?
 
  नवनिर्वाचित अध्यक्ष पदम विश्वकर्माको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा राधेश्याम लेकाली(नेपाल) निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षहरुमा प्रकाश नेपाल (उत्तर अमेरिका),प्रकाश पौडेल माईला जापान,डा. रुपक श्रेष्ठ वेलायत,भीमसेन सापकोटा अष्ट्रेलिया निर्वाचित हुनुभएको छ । महासचिवमा गोवद्र्धन पूजा अमेरिका,सचिव गणेश घिमिरे,कोषाध्यक्ष शान्तिराम ढकाल अमेरिका निर्वाचित हुनुभएको छ । सदस्यहरुमा सन्ध्या पहाडी नेपाल,राजु सिटौला र विकास विष्ट (अमेरिका) निर्वाचित हुनु भएको छ। नवनियुक्त अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषालाई अमेरिकाका विभिन्न राज्यमा राज्यस्तरको मान्यता दिलाउनका लागि र नेपाली साहित्यकारहरुको सृजनालाई अन्र्तराष्ट्रियकरण आफनो कार्यसमितिले विशेष प्राथमिकतामा राख्ने वताउनुभयो ।