प्रवासमा तिहारको गीत गाउँदै सिड्नका यूवा कलाकारहरु


Date:2016-10-28
नेपाली भिजन, सिड्नी । सिड्नीमा स्थायी बस्तै आएका नेपाली कलाकारहरुको टोलीले सामुहिकरुपमा तिहारको देउसी–भैलो गीत सार्वजनिक गरेका छन । नेपालीहरु जहाँ रहेपनि आफ्नो चाडवाड, रहनसहन तथा रितिरिवाजलाई भूल्नुहुन्न भन्ने उदेश्य राखेर प्रवासी नेपालीहरुको मन छुने यो गीतलाई म्यूजिक भिडियो सहित यूट्यूब बाट सार्वजनिक गरीएको छ । 
 
बर्ष दीनमा तिहार आउदा बोलको यो गीत को म्यूजिक भिडियो ४ मिनेट ४० सेकेन्ड को रहेको छ । गायन क्षेत्रमा ख्याति कमाएका गायकहरु राज कुमार गोश्वामी, दील तामाङ, किरण भण्डारी र विकास उप्रेतिले गीतमा मिठो स्वर प्रस्तुत गरेका छन् । 
 
किरण भण्डारीले कम्पोज तथा एरेन्ज गरेको यो गीतको थन्डरस्ट्रम रेकर्ड्सले रेकडिङ गरेको छ भने नेपाली टचले प्रस्तुत गरेको छ । गीतको म्यूजीक भिडियोमा समी श्रेष्ठ, पराग रायमाझी, सरोज महर्जन र अरुणा भण्डारीले अभिनय गरेका छन् । भिडियोको क्यामेरा र कन्सेप्ट भने सुनित श्रेष्ठको रहेको छ । 
 
तिहारको मुखमा निकालीएको यो गीतले नपाली संगीतको क्षेत्रमा एउटा महत्वपूर्ण स्थान लिनुको साथै तिहारको महत्वलाई झनै बढाउने बिश्वास लिएको नेपाली टचका दिपेश पुनले बताए । 
 
म्यूजीक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस