नेपालको संविधानको एक बर्ष


Date:2016-10-09
- सतीश कोइराला,
 
नेपाली भिजन | ८ वर्ष पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने राजकीय भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् । उनले गणतन्त्र नेपालको प्रधानमन्त्रीको हैसियतामा २०६५ भदौं २९ गतेमा यस्तै भारत भ्रमण गरेका थिए । नेपालका सबै जसो प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुनासाथ भारत भ्रमण गर्ने गर्दछन् । कारण हुन सक्छ, भारतको सहयोगबिना प्रधानमन्त्रीको कुर्सी थेग्न गाह्रो हुन्छ भन्ने मनोवैज्ञानिक सोच । त्यस्तै सत्ताबाट बाहिरिए पछि धेरै प्रधानमन्त्रीहरुले भारतको कारण आफू सत्तामुक्त भएको भनी भारत विरोधी नारा दिएका छन् । पञ्चायती प्रधानमन्त्रीहरु धेरै कमले भारत भ्रमणको आमन्त्रण पाएका थिए । पञ्चायती प्रधानमन्त्रीहरुलाई भारतले राजाको खेतालाको रुपमा हेर्ने गर्दथे । मोहन शम्शेर राणा भारत भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री हुन् ।
 
 
बन्दुक बोकेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र नेपाललाई गणतन्त्र बनाउन भारतको ठूलो भूमिका छ । २०६२÷०६३ को जनआन्दोलन पछि नेपालको राजनीतिमा भारतले कहिले सुक्षम रुपमा त कहिले देखिने गरी आफ्नो उपस्थिति जनाएको छ ।
 
नेपालले जारी गरेको संविधानमा भारतीय इच्छा र चासोको विषयहरु समेटिएन जसले गर्दा नेपाली संविधानलाई भारतले स्वागत गरेन । नेपाल भित्रै कतै संविधानको स्वागत गरियो त कतै संविधानको विरोध भयो । थारु, जनजाती, मधेशीहरुले संविधान विरुद्ध संघर्ष नै गरे । भारतीयहरुले मधेशीका मागलाई जायज ठानी माग पुरा गर्न सहयोग ग¥यो । सोही क्रममा नेपाली मधीसे र भारतको मिलोमतोमा ५ महिनासम्म नाकाबन्दीका कारण नेपालमा इन्धनदेखि लिएर सबै वस्तुको अभाव भयो । नेपाली राष्ट्रियतामा नै एउटा चिरा देखियो । पहाडे राष्ट्रियता र मधेशी राष्ट्रियता । एकातिर नकाबन्दी खुलाउन सरकारले उप–प्रधानमन्त्री कमलथापालाई भारत पठायो अर्कोतर्फ सरकारले राष्ट्रियता र भारत विरोधी नारा चरकायोे । ५ महिन पछि भारतले अकस्मात नाकाबन्दी खोल्यो । नाकाबन्दी खेल्नका कारण हुन सक्दछ, भारतमै नेपालमा गरिएको नाकाबन्दीको विरोध भएकाले । साधारणतया भारतीयहरु विदेश नीतिमा सत्ता पक्षको विरोध हँुदैन । तर नेपालमा भएको नाकाबन्दीको विरोध बिपक्षीले संसदमा गरे । नाकाबन्दीले नेपालमा सरसामानको अभाव भयो जस्ले गर्दा भारतले नेपालसंग गर्ने व्यापारमा ठूलै नोक्सानी भयो । भारतीय व्यापारीले भारत सरकारसँग नेपालमा गरिएको नाकाबन्दी बन्द गर्न जोडदार माग गरे । पाहाडी मूलका नेपालीहरु सरसामानको अभावले भारत विरोधी हुन पुगे । जसले भारतलाई कुनै किसिमको लाभ हुँदैन । भारतको गोर्खा व्रिगेट शैनिकमा धेरै पहाडीय मूलका सैनिक छन् । भारतले मधेसीहरुको मागलाई संबोधन गर्न गरिएको नाकाबन्दीको सबभन्दा ठूलो मार नै मधेसमा भयो । खुला सिमानाका कारण कालोबजारीको राजनै भयो मधेश ।
 
 
५ महिनाको नाकाबन्दी खोलीएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको निमन्त्रणामा भारत भ्रमण गरे । भ्रमणको बेला ओलीको सोच थियो । नेपाल र भारत बिचको तिक्तता सहजिकरण तिर जाँदैछ, र यी दुई देश बिच रहेको कटुताको बादल विस्तारै फाट्दै छन् भन्ने । भ्रमणको अन्तमा नेपालले भारतलाई अनुरोध ग¥यो दुई देशले जारी गर्ने संयुक्त वक्तव्यमा नेपाली संविधानलाई भारतले स्वागत गरेको शब्द राख्न । भारतले नेपालले अनुरोध गरेको शब्द राख्न मानेन र संयुक्त वक्तव्यनै जारी भएन । यो कुटनीतिक मर्यादाको सहज अवस्था होइन ।
 
भारत भ्रमण पछि केपी शर्मा ओलाीले चीनको भ्रमण गरे । यस भ्रमणमा श्रृखंलाबद्ध सम्झौता पनि भए । गरिएको पारवाहान र अन्य सम्झौताले नेपाललाई भारतसंगको भर र भार न्यूनिकरण गर्न सहयोग हुन सक्दछ, यदि कार्यान्वयन गर्न सकियो भने ।
 
 
चीन भ्रमणबाट फर्किएपछि एमाले र नेकपा माओवादी केन्द्र बिचको सरकार चलाउने सम्झौतामा विस्तारै फाटाका चिराहरु देखिन थाले । ओलीका सोचमा उनले चीनसंग गरेका सम्झौताले भारत झस्कियो । भारत उनीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर अन्यलाई त्यस कुर्सीमा राख्ने खेल खैल्न थाल्यो भन्ने भान भयो । पुष्पकमल दाहालको भनाइमा माओवादी केन्द्र र एमाले बीच सरकार चलाउने समयको सम्झौता भएको थियो । एमालले बजेट पेश गरेपछि प्रधानमन्त्रीको पद एमाओवादीलाई हस्तान्तरण गर्ने भद्र सहमतिलाई ओलीले टेरेनन् । त्यसैले नेकपा एमाओवादीले अविश्वासको प्रस्ताव ल्यायो । दुवैको भनाइको सत्यताको दम आम नागरिकलाई थाहा छैन । ओली बाद्य भए राजीनामा गर्न । प्रधानमन्त्री बने पुष्पकमल दाहाल, काँग्रेसको समर्थनमा । पुष्पकमल दाहाल र काँग्रेस सभापति बिच पनि सरकारको प्रधानमन्त्री पद चलाउने समयको सम्झौता भएको छ भन्ने खबर आएका छन् ।
 
 
पुष्पकमल दाहाल प्रधानमन्त्री भएको एक महिनापछि भारतको आमन्त्रणमा भारतको राजकीय भ्रमण गरे । भारत नेपाल बीच नेपाली संविधान जारी भएपछि आएका फाटाहरुलाई सहजीकरण गर्न उनीले आफ्नो भ्रमण पहिले उप–प्रधानमन्त्री विमलेन्द्र नीधिलाई भारत पठाएका थिये । निधीको भ्रमणले भारत नेपाल बिच विजाकरण भएको असमझदारीलाई समझदारीतिर लग्न मद्दत गरेको छ भन्ने सोच थियो । पुष्पकमल दाहालको भ्रमणमा भारतसँग कुनै किसिमका नयाँ सम्झौता भएका छैनन् । भारतले पूर्व वाचा गरेका सम्झौताहरु तागरुकता साथ कार्य गर्ने समझदारी भएको छ । भ्रमणको अन्तमा दुवै देशले जारी संयुक्त वक्तव्यमा संविधानमा नेपाली सबैको अधिकतम सहमति र सहभागिता हुनु पर्ने आफ्नो पुराना अडान यथावत राखेको छ । नेपालको संविधानलाई सोझै स्वागत गरेको छैन भारतले ।
 
नेपालको संविधान जारी, भारतसँगको असमझदारी, मधेश आन्दोलन नेपालमा भएको नाकाबन्दी सबैले एक वर्ष पार गरिसकेका छन् । गएको एक वर्षमा संविधान कार्यन्वयनमा उत्साहजनक प्रगति भएन । संविधान जारी गर्दा निरंकुशता विरुद्ध आन्दोलन गरेका राजनीतिक दलहरु एकै ठाउँ एक ढिक्का भएर उभिएका थिए । विदेशी हस्तक्षेपलाई स्वाभिमानताको लडाइँले जिते । संविधान जारी गरे । संविधान जारी भएपछि स्वाभिमानताको लडाइँ लड्ने नेता पार्टीहरु लोभ, पाप र स्वार्थको चासनीमा डुबेर सरकार निर्माण गर्न र भत्काउने कामकारवाहीले गर्दा संविधानको भविष्यमा नै प्रश्न चिन्ह खडा गरेको छ ।
 
संविधानको वार्षिकी मनाउँने सरकारी समारोहमा संविधान जारी गर्ने प्रवल भूमिका खेल्ने एमालेले भाग लिएन । तराई केन्द्रीत दलले संविधान जारी भएको दिनलाई कालोदिन भनेर वहिष्कार गरे। संविधान एक गतिशील दस्तावेज हो । संसारका सबै संविधानहरु संशोधन भएका छन् । नेपालको संविधान संशोधनका लागि प्रमुख तीन पार्टीहरु एक ठाउँमा आएनन भने संशोधन हुने कल्पनानै गर्न सकिँंदैन । काँग्रेस माओवादी संविधान संशोधन गर्न तयार देखिन्छ । एमाले संविधानमा बाहिरी हस्तक्षेप, कसैको स्वार्थपूर्तिका लागि संशोधन नगर्ने अडानमा छ । एमालेको अडान कायमै रह्यो भने जारी संविधान ९० प्रतिशत जनप्रतिनिधिले जारी गरेको ऐतिहासिक पुस्तक हुन पुग्दछ । देशनै आन्तरिक द्वन्द्व सुडान र दक्षिणी सुडान जस्तो हुने पुग्ने सम्भावनालाई हेक्का गर्दै एमाले, काँग्रेस, मधेसीदल, माओवादीले देश रहे सबै पार्टीहरु रहनेछन् भन्ने सोच गरे संविधानले कार्यन्वयनमा मूर्तरुप लिनेछ । नत्र ६० बर्ष देखि संविधान जारी गर्ने लडाई ब्यर्थ हुनेछ । 
 
 
हामीले हाम्रो सामथ्र्य, तागत र विकासका पाइला पहिल्याई एकताबद्ध भएर काम थाल्यौ भने सरकार टिकाउन र गलाउन छिमिेकी हारगुहारनै चाहिंदैन । आफू कमजोर भएपछि अरुले हेप्छ । हामीले यस्ता हेपाइ धेरै खाइसकेका छौ ।ं सबैले बुझ्नु पर्दछ, हाम्रो बल तागत नेपालमा छ, वेजिङ्ग वा दिल्लीमा होइन । बैलामानै सोच्ने समय आएको छ ।