वरीयरर्सराईनोलाई एनआरएनए क्रिकेट उपाधि


Date:2016-08-29
नेपाली भिजन । सिड्नीको टेम्पे रिजर्बको मैदानमा एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको खेलकूद समितिद्धारा आयोजित सो प्रतियोगितामा एनएसडब्लुका ११ टिम र क्यानवेराको १ टिम गरी १२ टिमको सहभागिता रहेको थियो । 
 
प्रतिष्पर्धि ११ टिमलाई पछि पार्दै वरीयरर्सराईनो प्रथम भएको छ भने वोष्ट यूनाईटेडले दोश्रो स्थान हात पारको छ । ६६ रन, सुपर ओभर बोल्ड र ४ वीकेट लिदै प्रतियोगिताकै सर्वोत्कृष्ठ खेलाडी प्रशान्त बिष्ठ भएका छन् ।
 
७७ रन र ४ वीकेट लिएर क्रितन ताम्रकार सर्बोत्कृष्ठ व्याट्समेन भए भने ७ वीकेट लिएर सर्वोत्कृष्ठ बलर निरज पाण्डे भएको छन् । त्यसै गरी सबै भन्दा बढि छक्का हान्ने प्रशान्त बिष्ट भएका छन भने फाईनल खेलको मेन अफद म्याच नबिन गुरुङ भएको जानकारी प्रतियोगिताका संयोजक तथा संघका यूवा संयोजक बिजय शर्माले दिएका छन् । 
 
दिनभर लगाएर सम्पन्न गरीएको प्रतियोगितामा उत्साहपूर्ण खेलाडी तथा समुह हरुको सहभागिता भएको थियो भने खेल हेर्न नेपालीहरुको समेत बाक्लो उपस्थिति रहेको संघका खेलकूद संयोजक नन्द गुरुङले बताएका छन् । संघले अन्य प्रतियोगित सकिएपछि खेलकूदका लागि रात्रिभोजको आयोजना गर्दै सम्पूर्ण बिजयी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार बितरण गर्ने गुरुङले जनाएका छन ।