दिलको नयाँ गीत सार्वजानिक


Date:2016-06-30
नेपाली भिजन । नेपाली गीत संगीतका पारखीहरुलाई गायक दिल तामाङले भर्खरै आफ्नो नयाँ साँगितिक कोसेली प्रस्तुत गरेका छन । “म त नेपाली ठिटो“ बोल को गीत गाएर चर्चा कमाएका तामाङ ले हालै “ज्यान खाने माया“ बोलको गीत बजारमा ल्याएका छन् ।
 
अष्ट्रेलियाको सिड्नी वरपर छायान्कन गरिएको सो गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरीएको तामाङले जानकारी दिएका छन् ।
 
राजन राज शिवाकोटी को शब्द संगीत रहेको उक्त गीतलाई बिशाल गुरुङ ले संगीत सम्योजन गरेका छन । सिड्नी मै बसोबास गर्दै आएका अर्का मेहनती तथा बहुमूखी प्रतिभाका धनी गायक तथा संगीतकार किरण भण्डारी ले यस गीत लाई अतिनै फरक सैली मा समसामहिक कथा सहित को म्युजिक भिडियो निर्देशन गरेका छन । 
 
अमित सेन्चुरी को छायान्कन रहेको उक्त भिडियो मा आभास सिम्खडा र सरस्वती लामा को बेजोड अभिनय देख्न सकिन्छ ।
 
बिदेश मा रहेर पनि यसरी नेपाली गीत संगीत लाई माया गरेर निरन्तर रुप मा अगाडि बढ्न पाउदा आपूmहरु लाई एक्दम खुशी भएको बताउछन् गायक तामाङ र निर्देशक भण्डारी । 
 
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस: