ओस्कार अवार्ड लिएर मात्र फर्किन्छु : सुनिल थापा (अभिनेता)


Date:2016-06-12
- रामजी ज्ञवाली
एउटा नेपालको प्रतिभाले संसार जित्दैगर्दा कहिँ कतै रहेको नेपाली मनमा के कस्तो खालको भावना उत्पन्न हुन्छ होला ? सायद गर्विलो हुन्छ मन र गर्वले फुल्छ छाति र गर्व लाग्छ नेपाली हुनमा । अनि कहिलेकाहीँ नै केही यस्ता प्रतिभालाई नेपाली आमाले जन्माउँछिन्, तिनै केहीमा पर्छन संसार जित्दै गरेका कलिउड र बलिउडका चर्चित अभिनेता सुनिल थापा ।
 
थापा यस्ता कुमाल हुन जस्ले आफ्नो कलाकारिता रुपी माटोलाई आफैले नै मेहनत, धैर्यता, परिश्रम र लगनशिलताले एउटा यस्तो आकार दिए, जस्को नाम हो स्वयं सुनिल थापा । जुन अहिलेका बलिउड र कलिउडका एउटा सम्मानित व्यक्तित्व वनेर अगाडि उभिएका छन्, करोडौंका आखाँ अगाडि । 
 
नेपालको कलिउड बजारलाई यहाँसम्म ल्याउन अभिनेता थापाको एकदमै ठुलो र महत्वपूर्ण भूमिका छ भन्दा कुनै दुईमत हुदैन । कलिउड बजारलाई यहाँसम्म ल्याउनमा कसैले दावि गर्छ भने त्यो दावि गर्नेमा अभिनेता थापा पनि पर्छन् । निरन्तर एक रफ्तारमा नेपाली चलचित्रमा एकछत्र खलनायकको भुमिकामा राज गरेका थापाले आफुलाई कलिउडमा मात्रै नभै बलिउडमा पनि राम्रो चरित्र अभिनेताको रुपमा उभ्याएका छन्, जुन कुरा लेख्न जरुर छैन, वोल्न जरुरी लाग्दैन ।
 
२८ वर्ष लामो अन्तरालपछि बलिउड फिल्ममा फर्किएका थापा अरु केही चलचित्रमा समेत काम गर्ने पक्कापक्की भैसकेको छ । सञ्जयलीला भंसालीको ब्यानरमा वनेको बलिउड फिल्म ‘मेरि कोम’ मा अभिनय गरेपछि उनी बलिउडमा फेरि छाउने संकेत देखिएको छ । चर्चित भारतीय बक्सिङ स्टार ‘मेरी कोम’को जीवनीमा आधारित सो फिल्ममा अभिनय गरेका थापाको भुमिकालाई कलिउडले त स्वतः मन परायो, भारतीय फिल्म क्रिटिक्सले समेत राम्रो प्रतिक्रिया दिएका छन् । जस्ले गर्दा यो उमेर र समयमा पनि उनी थप उत्साहित हुँदै गएका छन् । र, एकपछि अर्को प्रोजेक्टमा व्यस्त वन्दै गएका छन् ।
 
बलिउडमा एकसे एक अभिनेता हुँदा हुँदै साढे दुई दशकदेखि नेपाली फिल्ममा एकछत्र राज गर्दै आएका थापा अर्थात ‘राते काँइला’लाई बलिउडले सहजै रुपमा स्वीकारेको छ । त्यसो त राते काइला सुनिल थापालाई केही समय अघि रिलीजमा आएको ‘मेरि कोम’को कोच बन्न सुहाउने भएकाले मात्र नभई उनको अभिनय क्षमता, राम्रो हिन्दी टोन र बलिउडमा उनले विगतमा गरेको कामका आधारमा उनलाई खेलाईएको वताईन्छ ।
 
धेरै कमलाई थाहा छ, अभिनेता थापाले आफ्नो फिल्मी करियर बलिउडबाटै शुरू गरेका थिए । उनले आजभन्दा लगभग २९ वर्ष अगाडि ‘एक दुजेके लिए’ नामक बलिउड फिल्मबाट आफ्नो फिल्मी अभिनय यात्रा शुरू गरेका थिए । एक दुजेके लिए पछि सुनिलले शाहीबहादुर, आजकी आवाज, मानव हत्या, मनु द ग्रेट, अल्वेला, नासिववाला लगायत एक दर्जनको हाराहारीका बलिउड फिल्ममा आफ्नो कुशल अभिनय क्षमता प्रदर्शन गरेका थिए । सोही समयमा नेपाली ब्लक बस्टर फिल्म चिनोमा खेल्न बोलाइएपछि र त्यस फिल्मको राते काइँला चरित्रबाट लोकप्रियता कमाएपछि उनको अभिनय यात्रा नेपाली फिल्मक्षेत्रतर्पm मोडिन पुगेको थियो । त्यसपछि नेपाली नागरिक र नेपाली फिल्ममा नेपाली दर्शकले आफ्नो भूमिकालाई मन पराईदिएपछि खुसी वनेका थापा वलिउड हैन कलिउडमै काम गर्न थाले । उनले एकपछि अर्को चलचत्रि गर्दै सयौं चलचित्रमा अभिनय गर्न भ्याए । पछिल्लो पुस्ताले नवुझेका थापा वलिउडवाट कलिउडमा आएका हुन र कलिउडवाट अहिले फेरि बलिउडतिर फर्किएका छन् । कलिउडमा त्यस्ता धेरै चलचित्रमा अभिनय गरेका थापाले नेपालीहरुलाई सम्झन लायक अभिनय छाडेका छन् । अभिनेता थापा भन्छन्, –‘बलिउड र हलिउड जहाँ पुगेपनि कलिउडलाई सधै मेरो मायाँ छ र सम्मान छ ।’
‘बलिउडका फिल्म ‘मेरी कोम’ मा अभिनय पछि केही त्यस्ता चर्चित व्यानरको आँखामा परेका थापा फेरि पनि बलिउडमा जम्ने स्पष्ट संकेतहरु देखा परेका छन् ।
 
लामो समयको संघर्षले सुनिललाई आज बलिउड नगरीमा पनि चिनाएको छ । म बलिउडमा मात्र होइन, हलिउडमा पनि देखाउन चाहन्छु यो कुरा कि, ‘नेपालमा पनि निकै प्रतिभा भएका कलाकार छन् ।’
अभिनेता थापाले जन्माएका धेरै चेलाहरु छन्, ती चेलाहरु समेत सुृनिल थापालाई निकै भलाद्मी र आफ्नो अभिभावकको रुपमा लिने गरेका छन् । म आज जहाँ छु, जुन स्थानमा पुगेर सिनेमा खेल्दैछु, यो मेरो सफलता होइन । मैले यसलाई सिंगो सिने नगरीको सफलताको रुपमा हेरेको छु, थापाले भने, –‘जीवनमा धेरै उतार–चढाव आए, धेरै दुःखद् क्षणहरु पनि आए । अव मेरो लक्ष्य ओस्कार अवार्ड जितेर फर्किने मात्रै हुनेछ ।’
 
सधैं सुनौलो दिनका लागि प्रतिक्षा गरिरहेका थापालाई चर्चित नायिका प्रियंका चोप्राले समेत भनिसकेकी छिन्, –‘सुनिल थापा निक्कै प्रतिभावान् कलाकार हुन् ।’ विश्वकै सर्वाधिक ठुलो अवार्ड मानिने ओस्कार अवार्ड जितेपछि मात्रै आफू चलचित्रवाट व्याक हुन सक्ने नत्र कहिल्यै व्याक नहुने थापाले वताएका छन् ।