बचत नै अस्ट्रेलियन फेडेरल बजेट २०१६–१७ को मूख्य उद्देश्य


Date:2016-06-22
- डा. कृष्ण हमाल, क्यानबेरा
यसै मई महिनाको ३ तारिखमा अस्ट्रेलियन सरकारको कोषाध्यक्षज्यू श्री स्कट मोरिसले टर्नबुल सरकारको बजेट अस्ट्रेलियाको सदनमा पेश गर्नु भएको छ । चुनाब को संघारमा यस बजेटलाई पेश गरिएतापनि यो बजेटलाई सरसर्ति हेर्दा यसमा खासै चुनावी गुलियो मिसाईएको देखिँदैन । अर्थात् यस बजेटमा जन(साधारण मतदाताहरुलाई बढी प्रलोभन गराउने खालका कुनैपनि नीति तथा कार्यक्रमहरु सामबेश गरिएको देखिदैन । घाटाको बजेटलाई बचतमा लाने भूतपूर्व टोनी आबुट सरकारको नीतिलाई हालको सरकारले पनि कायमै राखेको देखिन्छ । फलतः सरकारले सकेसम्म खर्च कमगर्ने हिसाबले धेरै योजनाहरुको खर्चमा कटौती गरेको देखिन्छ । यसले गर्दा अस्ट्रेलियनहरुले केही हदसम्म कष्ट सहेर बस्नुपर्ने हुन्छ ।
 
यो आर्थिक वर्षको साथै आगामी ३ आर्थिक वर्ष सम्म बजेट घाटामै रहने कुरा यस बजेटमा देखाईएको छ । घाटाको रकम आर्थिक बर्ष २०१६–१७ मा ३७.१ विलियन डलर, २०१७–१८ मा २६.१ विलियन डलर, २०१८–१९ मा १५.४ विलियन डलर, २०१९–२० मा ६.० विलियन डलर रहने छ । बजेट घाटाको रकम बिस्तारै घट्दै जानु देशको लागि राम्रो कुरा हो तर त्यसका लागि सरकारले खर्चमा जुन कटौती गरेको छ त्यसले गर्दा देशको धेरै क्षेत्रहरुमा नराम्रो असर पर्न जाने देखिन्छ । अर्थात् यस बजेटले केहीलाई खुसी बाँडेको छ भने धेरैलाई दुःख पनि पर्न गएको छ । बजेटलाई सरसर्ति हेर्दा यसले साना व्यवसायीहरु, चालकहरु, ट्याक्स अफिस, माथिल्लो मध्यम वर्ग तथा रक्षा बिभागलाई फाईदा प्रदान गरेको छ भने अर्कोतिर बहुराष्ट्रिय कंपनीहरु, काम गर्ने आमा वा बाहरु, विश्व बिद्यालयका बिद्यार्थीहरु, धुम्रपान गर्नेहरु तथा सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई यस बजेटले धेरै वेफाईदा पु¥याएको छ ।
 
यस बजेटले साना व्यवसायीहरुलाई दुई प्रकारका फाईदा दिने भएको छ । एकातिर साना  व्यवसायीको परिभाषालाई बदलेर १० मिलियन डलर सम्मको विक्रय राशी हुने व्यवसायीहरुलाई साना व्यवसायीहरुको वर्गमा समावेश गरिने भएको छ भने अर्को तिर उनीहरुले आफ्नो आम्दानीमा तिर्दै आएको ३० प्रतिशत करलाई घटाएर २७.५ प्रतिशतमा ल्याईएको छ । यसले गर्दा अस्ट्रेलियाको आर्थिक विकासमा राम्रो मद्घत पुग्ने छ भन्ने हालको टर्नबुल सरकारको बिश्वास छ, किन भने सानो व्यवसायलाई अस्ट्रेलियन अर्थ तन्त्रको मेरुदण्ड मानिन्छ र यसले धेरैलाई रोजगारी प्रदान गरेको छ । साथै सानो व्यवसायमा लाग्ने करको दरलाई विस्तारै विस्तारै घटाएर २०२६–२७ सम्ममा २५ प्रतिशतमा पु¥याउने लक्ष राखिएको छ जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा अस्ट्रेलियाका साना व्यवसायीहरु झन् बढी प्रतिस्पर्धात्मक भएर जानेछन् । फलस्वरूप अस्ट्रेलियाको निर्यातमा वृद्धि हुनेछ र अस्ट्रेलियनहरुको जीवन स्तर झन् माथि उठनेछ ।
 
आफ्नो अधिकतम नाफाको लागि बहुराष्ट्रिय कंपनीहरुले जहिले पनि ट्रांसफर प्रराईसिंग विधि अपनाएर आफ्नो नाफालाई बढी कर लाग्ने देशबाट कम कर तिर्नुपर्ने देशमा लैजान्छ । अस्ट्रेलियामा कार्यरत सबै जसो बहुर्राष्ट्रिय कंपनीहरुले पनि यस प्रकारको अभ्यास हदै मात्रामा गरिरहेको देखिन्छ जसले गर्दा सरकारले विलियनस विलियनस डलर बराबरको घाटा बेहर्नु परिरहेको छ । अत यस्ता अभ्यासहरुलाई रोक्न वर्तमान सरकारले यस बजेट अन्तर्गत १,००० सम्बन्धित विशेषज्ञहरुलाई नियुक्ति गर्ने प्रावधान राखेको छ ।
 
यस बजेटमा केही हदसम्म अस्ट्रेलियाको महानगरहरुमा जनसंख्या वृद्धिले गर्दा हालमा देखा परिरहेको सडक कन्जेस्सन समस्यालाई समधान गर्न भनेर सरकारले नयाँ पूर्वाधार योजनाहरुको लागि ३ विलियन डलर छुट्याई दिएको छ । धेरै जसो रकम ख्ष्अतयचष्ब तथा त्तगभभलकबिलम को सडक विस्तारमा खर्च गरिनेछ ।
यस बजेटको अर्को फाईदाको पक्ष हो, रक्षा (मभाभलअभ), किनकि रक्षाको लागि भनेर यस बजेटमा सरकारले ३२.३ विलिन डलर २०१६–१७ को लागि छुट्याएको छ । रक्षा संबन्धित सरकारी स्वेत दस्तावेज अनुसार सरकारले देशको रक्षालाई समसामयिक र उत्कृष्ट बनाउन रक्षा बजेटलाई बढाउँदै लैजाने र २०२०–२१ सम्ममा देशको जिडिपी (न्म्ए) को २ प्रतिशतमा पु¥याउने कुरा बजेटमा उल्लेखित छ ।
यस बजेटमा मध्यम करको माथिल्लो सीमालाई डलर ८०,००० बाट बढाएर डलर ८७,००० गर्नाले माथिल्लो मध्यम वर्गका व्यक्तिहरुलाई  केही राहत प्रदान गरेको छ । साथै जागीर खोज्ने युवाहरुको लागि पनि यस सरकारले डलर ७५२ मिलियन खर्च गरेर युवाहरुलाई कामको अनुभव दिलाएर उनीहरुलाई सजिलै नोकरी पाउनको लागि सहयोग प्रदान गरेकोछ ।
 
प्रस्तावित बजेटले माथि उल्लेखित केही व्यक्ति वा समूहहरुलाई फाईदा पुराएता पनि अन्य धेरै व्यक्ति वा समुहहरुले नोक्सानी झेल्नु परेकोछ । मूख्य नोक्सानी झेल्नु पर्नेहरु मा बहुराष्ट्रिय कंपनीहरु, काम गर्ने आमा–वाहरु, विश्व बिद्यालयका बिधार्थीहरु, धुम्र पान गर्नेहरु, सरकारी सेवामा कार्यरत कर्मचारीहरु र हेल्थ क्षेत्रमा यस बजेटले वेफईदा पु¥याएको छ ।
 
माथि भने झैँ अस्ट्रेलियामा संचालित प्रायः सबै बहुराष्ट्रिय कंपनीहरुले आफूले तिर्नुपर्ने कर कहिले पनि नतिरेको भन्ने कुरालाई आधार मानेर अस्ट्रेलियन सरकारले  बहुराष्ट्रिय कंपनीसंग संबंधित कर प्रणालीमा केही परिवर्तन गर्न लागेको छ । यसले गर्दा बहुराष्ट्रिय कंपनीहरु माथि असर पर्न जानेछ ।
यस बजेटले घर बाहिर काम गर्ने आमा–वाहरु (उबचभलतक)लाई नराम्रो असर परेको छ किनभने टोनी आबुटको सरकारले गत चुनाबमा काम गर्ने आमा–वाहरुलाई आफ्नो शिशु पालनको लागि राम्रो अनुदान दिन्छु भनेकोमा हाल सम्म पनि नदिएको र हालको सरकारले यसलाई अझ एक वर्षको लागि स्थगित गरिदिएको छ । फलतः कति काम गर्ने आमा–वाहरुले शिशु पालनको खर्च उठाउन सक्ने छैनन र उनीहरु घरमै बसेर आफ्ना बाल बच्चाहरु लाई हेर्न बाध्य हुने छन् । यसले गर्दा श्रमिकहरुको कमी भएर अर्थतन्त्र मा यसको नराम्रो असर पर्नेछ ।
 
यस बजेटले सरकारी सेवामा कार्यरत कर्मचारी माथि नकारात्मक असर पार्ने छ । प्रत्येक साल कार्यक्षमता लाभांश (भााष्अष्भलअथ मष्खष्मभलम) भनेर सरकारी सेवाको बजेटमा १.२५ प्रतिशत काट्ने गरिएकोमा आउने आर्थिक वर्षबाट यस  कटौतीको प्रतिशतलाई बढाएर २०१७–१८ मा १.५ प्रतिशत र फेरि २०१८–१९ मा १ प्रतिशत र फेरि २०१९–२० मा ०.५ प्रतिशत गरिने छ । यस प्रकारको कटौतीले सरकारलाई ४१.४ विलियनको बचत हुने अनुमान गरिएता पनि सरकारी सेवामा कार्यरत धरै कर्मचारीहरुको जागीर जाने देखिन्छ ।
 
सरकारको यस बजेटले गर्दा स्वास्थ्य क्षेत्रमा पनि नकारत्मक असर पर्ने देखिन्छ । मेडिकेयर रिबेटलाई आउने दुई वर्षको लागि फेरि स्थीर राखिएको छ । जसले गर्दा डाक्टरहरुले सामुहिक बिलिंग गर्न छोडिदिने छन् र यसको असर कम आय हुने परिवार र पेन्सनमा बसेका बृद्धहरु माथि साह्ै नराम्रो हुने देखिन्छ । साथै यस बजेटमा साकारले बूढ़ा बूढ़ीहरुको हेर विचार गर्नको लागि तोकिएको बजेटबाट ४१.२ विलियन डलर कटौती गरेकोछ । यसले गर्दा बूढ़ा बूढ़ीहरुले पाईरहेको सहुलियतमा ह्रास हुने देखिन्छ ।
बजेटमा उच्च शिक्षा सुधार प्रोग्रामबाट ४२ विलियन बराबर को रकम वचत हुने कुरा को उल्लेख गरिएको छ । तर कसरी बचत गरिनेछ भन्ने कुराको ब्याख्या बजेटमा कतै नगरेता पनि यो बचत राशि ठूलो भएकोले यसको उच्च शिक्षामा पर्ने नाकारत्मक असर पनि ठूलै हुने अनुमान गर्न सकिन्छ ।
 
अन्तमा आउँदो चुनावको गर्मागर्मी बहसको विषय हो नेगेटीभ गियरिंग । यद्यपि यस विषयलाई सरकारले आफ्नो बजेटमा समावेश गरेन तर आउँदो २ जुलाईको आम चुनावमा यस विषयले गर्दा कसले चुनाव जित्ने, कसले हार्ने भन्ने कुरालाई हदै सम्म असर पार्नेछ । नेगेटीभ गियरिंग अन्तर्गत कुनैपनि व्यक्तिले यदि भाडामा दिनका लागि घर खरिद गर्दछ भने त्यस घरमा लागेको लगानीमा लाग्ने व्याज तथा अन्य खर्चहरु कर प्रयोजनको लागि आफ्नो कुल आम्दानीबाट घटाउन पाउँदछ । अर्थात् नेगेटीभ गियरिंगले गर्दा भाडा–घरका लगानी कर्ताहरुले सरकारलाई तिर्नु पर्ने करको रकम धेरै कम भएर जान्छ । एकातिर आम्दानी कर कम हुने र अर्कोतर घरको मूल्यमा पनि छिटै वृद्धि हुने भएकोले अस्ट्रेलियामा नेगेटीभ गियरिंग बढी प्रख्यात भएको देखिन्छ । यसलाई लागु गर्न को मुख्य उदेश्य भवन निर्माण उद्योगलाई टेवा दिएर अर्थतन्त्रमा रोजगारीलाई बढाउनु हो । साथै नेगेटीभ गियरिंगले गर्दा बढ्दो जनसंख्यालाई चाहिने भाडाको घरको मागलाई पूर्ति गर्दछ र यस्ले गर्दा सरकारले पब्लिक हाउजिगंमा बढी लगानी गर्नु पर्दैन । पब्लिक हाउजिगंमा लगानी गर्नुपर्ने रकम सरकारले कुनै अन्य राम्रा कामहरुमा जस्तै स्वास्थ्य र शिक्षा क्षेत्रहरुमा लगानी गर्न सक्दछ ।
 
नेगेटीभ गियरिंग कायमनै राख्नु पर्छ कि पर्दैन भन्नेमा अस्ट्रेलियाको लेबर र लिबरल पार्टी विच कुनै भिन्नता छैन । भिन्नता छ भने मात्र केवल पुरानो भवनमा लगानी गर्दा नेगेटीभ गियरिंग लागू हुनुपर्ने कि नहुनु पर्ने भनेर । लेबर पार्टीले पुरानो भवनको लगानीमा नेगेटीभ गियरिंग लागू हुनुहुदैन भन्ने प्रस्ताव अगाडि सारेकोछ भने  लिबरल पार्टीले पुरानो भवनको लगानीमा लागु हुँदै आईरहेको नेगेटीभ गियरिंगलाई यथावत् राख्नु पर्द्छ भनेर चुनावी प्रचार चलाएको छ ।
 
लेबर पार्टीको भनाई अनुसार पुरानो भवनको लगानीमा नेगेटीभ गियरिंग लागू गर्नाले कुनै रोजगारीको सृजना हुदैन बरु यसले गर्दा भवनहरुको मूल्यमा अति वृद्धि हुन आएको छ जसले गर्दा सामान्य आम्दानी भएको  व्यक्तिहरुले अब घर किन्न सक्ने सम्भावना हराएको छ । अर्को तिर लिबरल पार्टीको भनाई अनुसार यदि पुरानो भवनको लगानीमा नेगेटीभ गियरिंग लागु गरिएन भने पुरानो भवनहरुको मागमा तीब्र ह्रास आउने छ जसले गर्दा भवनहरुको मूल्यमा गिरावट आउनेछ । फलतः सरल भाषामा भन्नुपर्दा अस्ट्रेलियनहरु गरिब भएर जानेछन् ।  
 
सरसर्ती हेर्दा लेबर तथा लिबरल दुवैको कुरा ठिकै जस्तो लाग्न सक्छ । तर अलि गहिरेर विश्लेषण गर्ने हो भने लेबरको प्रस्तावले अस्ट्रेलियाको आर्थिक उन्नतिलाई बढी सहयोग पु¥याउने देखिन्छ । हो यदि पुरानो भवनको लगानीमा नेगेटीभ गियरिंग लागु गरिएन भने पुरानो भवनहरुको मूल्यमा गिरावट आउनेछ तर त्यो गिरावट लिबरलले भनेजति नहुनेमा धेरै अर्थशास्त्रीहरुको भनाई रहेकोछ । त्यो किन भने नेगेटीभ गियरिंगले भन्दा जनसंख्याको वृद्धि दर, व्यक्तिहरुको आय र विदेशी लगानीको सहजताले भवनहरुको मूल्यमा बढी असर गरेको हुन्छ । साथै अस्ट्रेलियामा भवन उद्योगनै यस्तो उद्योग हो जसले बढी भन्दा बढी रोजगारी सृजना गर्दछ र अधिकतम रोजगारीको सृजना नयाँ भवनहरुकै निर्माणबाट भएको हुन्छ । अतः पुरानो भवनको लगानीमा लागु हुँदै आएको नेगेटीभ गियरिंगलाई हटाएर नयाँ भवन निर्माणमा सो यथावत राखिएमा केही धनाढ्यको सम्पत्तिको केही हदसम्म अवमूल्यन होला तर यसले भवन उद्योगमा रोजगारी यथावत रुपले सृजना गरिरहेको हुनेछ । यसले गर्दा अस्ट्रेलियाको आर्थिक विकासमा कुनै नकारात्मक असर आउने छैन ।