कसरी घरको भाउ वढाउन सकिन्छ त ?


Date:2016-04-18
- श्रीकृष्ण ढुङगाना
 
यदि विगतका लेखहरु पछ्याउँदै आउनुभएको छ भने कसरी घरको भाउ वढाउन सकिन्छ भन्ने विषयमा गत महिनादेखि मैले यहाँहरु सामु चर्चा गर्दै आएको छु । यसैलाई निरन्तरता दिँदै यस पटक थोरै लगानीमा कसरी घरको मूल्यांकन गर्ने व्यक्तिको नजरमा पार्न सकिन्छ भन्ने विषयमा प्रस्तुत हँुदैछु । आशा छ, यसले केही सहयोग गर्नेछ ।
 
घरलाई दिने नयाँपन भन्ने वित्तिकै अस्टे«लियामा देखाउने महंगो टिभी कार्यक्रम प्रति दिमाग गैहाल्छ । त्यसैले यदि घरलाई नयाँपन दिने क्रममा सही ठाउँमा खर्च गर्न सकिएन भने घरको भाउ वढाउन त परै जाओस् आफ्नो लगानी पनि देख्न गाह्रो पर्न सक्छ । तसर्थ कहाँ र कसरी खर्च गरेर पुराना घरको भाउ वृद्धी गर्न सकिन्छ त ?
 
१) भान्सा कोठा : ग्राहकको र मूल्यांकन गर्ने व्यक्तिको पहिलो नजर घरभित्र छिर्नासाथ भान्सा कोठामा पर्न जान्छ । त्यसैले भान्सा कोठा ठिक हुनु अनि अनिवार्य हुन्छ । साधारणतया भान्सा कोठालाई नयाँपन दिने भन्ना साथ महंगो देखिएतापनि कुरा त्यस्तो हैन । उदाहरणको लागि भान्सा कोठा, वेन्च ईत्यादि चमकदार, कपवोर्डको ह्याण्डल, यसमा एलईडी वत्तीको प्रयोगले भान्साकोठाको रुपनै फरक पार्दछ । त्यसैगरी सरसामान राख्नको लागि तयारी कपवोर्डहरु र आधुनिक धारो राख्नाले पनि भान्सा कोठाप्रतिको दृष्ट्रिकोणनै फरक पर्दछ ।
 
२) स्थान कक्ष: घर किन्ने र मूल्यांकन गर्ने व्यक्तिको दोस्रो नजर भनेको वाथरुम हो । विशेषगरी वाथरुमलाई नयाँपन दिने भन्ना साथ पहाडै खस्ला जस्तो लाग्नु स्वभाविक हो । किनकि यो साधारण देखिदैन तर पनि थोरै खर्चमा यसको हेराईलाई परिवर्तन भने अवस्य गर्न सकिन्छ । साधारतया वाथरुमलाई पुरै परिवर्तन गर्न तिर लागियो भने यसले दशहजार देखी पन्ध्र हजार डलरसम्म चट् पर्दछ । तर यदि सामान्य खर्चमा आधुनिक किसिमका धारो, तौलिया झुण्ड्याउने ठाउँ र त्यसमा आकर्षक तौलीया, आधुनिक किसिमका वत्ति, फिटीङ र समानहरुले सजाउनुका साथै वाथरुमको टायलमा कलर गर्नाले सजिलै दश देखि १५ हजार डलरको फरक ल्याउन सकिन्छ ।
 
३) घरको वगैँचा तथा वार कुनैपनि घरको मूल्यांकन गर्ने व्यक्ति घर हेर्न आउँदा उसको पहिलो नजर घर वरिपरिको वातावरणमा पर्न जान्छ । तसर्थ यी सवै देख्नासाथ घरको सरदर अनुपात उसले लगिहाल्छ । अग्रेजी भनाईमा भनिन्छ नी, ाष्चकत भहउचभककष्यल ष्क बिकत भहउचभककष्यल त्यसैले चिटीक्क परेको घर र वरिपरिको सफा वातावरणले उक्त मूल्यांकन गर्ने व्यक्तिको मन तान्न मद्धत गर्दछ । अन्तत आफुसँग वचेको समयलाई सही उपयोग गर्नाले पनि घरको मूल्यांकनमा फरक पार्दछ । उदाहरणको लागि घर नयाँ छ तर त्यसको बगँैचामा घाँस वढेर कम्मर सम्म आईपुगेको छ । घर वरपर नचाईने समान यत्रतत्र छरिएर रहेको छन । त्यसको साथसाथै बार पनि लथालिंग अवस्थामा छ । त्यसैको अर्को पुरानो घर छ तर त्यस घरको बगँैचा चिटीक्क छ, घरको वाहिरी भाग पनि रंगरोगन गरी टल्केको छ भने पक्कैपनि पुरानो घर भएपनि सवैको आँखा त्यस घर प्रति तानिन्छ नै ।
यस्ता मूख्य कुरामा ध्यान दिन सकेमा घरको मूल्यांकन मा वृद्धीमा लाभ पु¥याउन सकिन्छ ।
 
४) रंगरोगन : घरमा उचित रंगको प्रयोग भएको खण्डमा नेपालीको उखान झै सुनमा सुगन्ध थपिनेछ । थोरै लगानीमा सवैभन्दा छिटो र उच्चतम मूल्यांकन गर्न उचित रंगरोगन ठूलो भूमिका निभाउँछ । अहिलेको परिवेशमा ४ डि रंगको ठुलो मागसँगै यसको औषत लागत ३५ हजार डलर आन्तरिक देखि ४५ हजार डलर वाह्य पर्न सक्छ । तर साधारण रंगवाट नै करिव १६ हजार डलरको लागतमा सुहाउँदो रंगले रङ्ग्याउनेहो भने घर मज्जाले रंग्याउन सकिन्छ । आजकल रंगकम्पनीहरुले रंग वेच्नुका साथसाथै रंग सम्वन्धि परामर्स पनि दिईरहेका छन् । तसर्थ आफ्नो घरको लागि उपयुक्त रंगको छनौट गर्न यस्ता रंगपरामर्सदाताहरुसँग सम्पर्क धेरै उचित हुन्छ । जसका कारण तपाईको घरको रुपलाई परिवर्तन गरी मूल्यवृद्धी गर्न सहयोग पु¥याउँछ ।
 
५) आन्तरिक तथा वाह्य सजावट : कुनैपनि वस्तुको सवैभन्दा ठूलो आकर्षण भनेको त्यसको वाहिरी वनावट र सजावट हुनेगर्दछ । यो नियम घरमा पनि लागु  हुन्छ । अगाडि पनि हामीले वर्णन गरिसकेका छौं । चटक्क मिलेको वगैंचा, घरलाई सुहाउँदो आधुनिक रंगरोगन, फिचर वाल, आकर्षक वत्तीहरुले सवैलाई घर छिर्नु अगाडिनै मोहीत वनाउँदा यसले ग्राह तथा मूल्यांकन गर्ने व्यक्तिलाई घरभित्र छिर्नु पुर्वनै घरको वारेमा सकारात्मक प्रभाव पारिदिन्छ । त्यसगरि घरभित्र र्दिै गरेको ग्राहक र मूल्यांकन गर्ने व्यक्तीलाई भित्री सजावटले पनि मन जीत्न सफल भयो भने सोच्नुहोस् तपाईले सोचेको मूल्य तपाईले पाउनु भयो तर यसका लागि घरमा एलईडी वत्ती प्रयोग गर्नु, घाम आउने ठाउँमा घरका फर्निचर सजाउनु, घरभित्र सुहाउँने किसिमका विरुवा राख्नु, पुरानै भएपनि सजाएर समान सही तरिकाले मिलाउनु अति आवश्यक छ । घरभित्रको वैठक कोठाको भित्तामा सुहाउँने फरक किसिमको रंगमात्र लगाउनाले पनि घरभित्रको स्वरुपनै वदलिदिन्छ । अन्तत यी विभिन्न कारणबाट घरको सही मूल्यांकन गर्न र ग्राहकको आकर्षण खिच्न मद्धत पुराउँछ । 
 
घरमा नयाँपन दिनु भनेको आफूसँग बचेका समयका साथसाथै सही र उचित स्थानमा लगानी गरी पुरानो घर किनेर नयाँपन दिँदै केही फाईदा लिएर घर बेच्नेहरुको जमात अस्टे«लियामा सानो छैन । तसर्थ सही ठाउँमा लगानी गर्ने हो भने पुरानो घर भनेर चिन्ता गर्नु भुल हुनेछ । जहाँ सोच्ने र विचार गर्ने तरिकामा मात्र फरक हुन्छ । विशेष गरी घरमा नयाँपन दिँदा के महत्वपूर्ण हुन्छ भने कति लगानी गरियो हैन कि कति जनाको मन जीत्न सकिन्छ र सफल भईयो महत्वपूर्ण विषय हुन्छ ।