क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुने


Date:2016-04-18
कृष्ण के.सी, अमेरिका । गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले यो पटक आफ्नो क्षेत्रीय सम्मेलन अमेरिकामा हुने निर्णय गरे पछि सो सम्बन्धी तयारी गर्ने कार्य अगाडि आएका छन । यसै सिलसिलामा गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा हुने भएको छ ।
 
१५ अप्रिल २०१६ मा एनआरएन अमेरिका र एनआरएनएको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलको अध्यक्षतामा बसेको बैठकमा एनआरएनए उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले बैठकमा न्यूजर्सी, टेक्सास र क्यालिफोर्निया मध्य कुन ठाउँ उपयुक्तहोला भनी राय लिन पेश गर्नु भएको प्रस्थावमा सबै भन्दा राम्रो न्यूजर्सी हुने भनी आएकोले सोही ठाउँमा गर्ने निर्णय गरिएको हो ।  
 
न्यूजर्सीको डब्बल ट्री हिल्टन होटलमा आगमी अगस्टको २७ र २८, २०१६ मा हुने उक्त सम्मेलन अमेरिकाको लागि दोश्रो अबसर हो । कार्यक्रमबारे उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले यो हप्ता एनसिसी अध्यक्ष अमेरिका र क्यानाडा अनि आइसिसीको अर्को बैठकले कार्यक्रमको खाका तयार गर्ने कुरा बताउनु भएको छ भने क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रममा धेरै गहन बिषयहरुको छलफल गरिने कुरा बताउनु भएको छ ।
 
 
क्षेत्रीय सम्मेनलबारे केही अन्योलता सृजना भएको देखिन आएकोले प्रस्ट पारीएको छ । यस्तो क्षेत्रीय सम्मेलन गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आफ्नो कार्यक्रम हो । तर हरेक पटक त्यो देशको एनसिसीले होस्ट कन्ट्रीको रुपमा कार्य गर्दछ भने कार्यक्रम क्षेत्रका क्षेत्रीय संयोजकको संयोजनमा हुने गर्दछ ।