ब्यवसाय सामाजिक उत्तरदायीत्व पनि बन्नु पर्छःः मेघराज श्रेष्ठ


Date:2016-02-09
नेपाली भिजन । मानिस जन्मे पछि कुनै न कुनै पेशालाई आफ्नो कर्म बनाएर जीविकोपार्जन गर्छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य आफ्नो ब्यवसाय विस्तार र आर्थिक समुन्नतिनै हुन्छ । तर जब ब्यवसाय एक उत्तरदायीत्व मा परिणत हुन्छ तब मानिसले आवश्यकता र सम्भावनालाई आपूmमा मात्र सिमित नराखी सामाजिक आफ्नो समाज र राष्ट्र संग जोड्न चाहान्छ । 
 
अष्ट्रेलियामा धेरै नेपालीको ब्यवसाय क्रमशः स्थापित हुँदै गईरहेको छ तर व्यवसायलाई सामाजिक उत्तरदायीत्वको कोणबाट संचालन र योजना गर्ने क्षमता थोरै ब्यक्तिमा मात्र छ । त्यस्तै बृहत सोच राख्ने ब्यवसायी मेघराज श्रेष्ठ संग उनको बृहत योजनाका बारेमा गरेको संक्षिप्त कुराकानीः
 
नेपालको नवलपरासी जिल्ला, त्रिभुवनटार बजारमा सन् १९६७ मा जन्मिएका श्रेष्ठले कमर्श बिषयमा स्नातक गरे पछि सन् १९९० देखि पाख्रीवासको कृषि केन्द्रमा साहयक प्रशासकको रुपमा काम गर्न शुरु गरेका थिए । स्नातकोत्तर गरे पछि सन् १९९३ देखि सन् १९९९ सम्म उनले फाईनेन्सियएल् कन्ट्रोलरको रुपमा कार्य गर्दा आफ्नै छुट्टै ब्यवसायको रुपमा कन्सलट्यान्सी पनि शुरु गरे । 
 
सन् १९९९ जुलाईमा सिड्नी आएका उनले अरु जस्तै संघर्ष गर्दै सन् २००३ मा माईग्रेशन एजेन्टको तालिम लिएर सिड्नी बिजनेश हाउसको नाममा माईग्रेशन एजेन्टको कार्य सुरु गरेका हुन् । ईमान्दारीता, लगनशीलता र मेहेनतले उनको ब्यवसाय सफल हुँदै गयो । उनि हाल अष्ट्रेलियाको नेपाली समुदायमा निक्कै नाम चलेका ब्यवसायी तथा समाजसेवी पनि हुन् । 
 
ब्यवसायलाई सामाजिक उत्तरदायीत्वको रुपमा ग्रहण गर्दै केहि ठूला प्रोजेक्ट गर्ने हिम्मत गरेर हाल बृहत लगानीको दूईवटा प्रोजेक्टको तयारी तथा योजना गरेका छन् श्रेष्ठले । नेपालको नवलपरासीमा करिब ६० बिघा जग्गामा इन्टिग्रेटेड एग्रो फार्मिङको कार्य सुरु गरिसकेका छन् । हाईटेक प्रयोग गरेर करिब २०० उन्नत जातका गाई पालन, डेरी, बायो इन्धन, अग्र्यानिक फामिर्ङ, माछापालन र गाई बस्तुलाई खुवाउनकै लागि पोषण यूक्त खेती एउटै ठाउँमा एकीकृत र योजना बद्ध फार्मिङ गरी सकेका छन् । सो प्रोजेक्टलाई नेपाल सरकारको समेत समर्थन र सहकार्य रहने उनले बताए । निकट भबिष्यमा नै सोहि स्थानमा रिसोर्ट निर्माण गर्ने र रिसोर्टमा बस्नेहरुलाई दृष्यावलोकन र सन्तुष्टीका लागि हाल परिचालन भएका र थप कृषि फार्मको स्तरीय ब्यवस्थापन गर्ने योजना रहेको छ । पूर्णरुपमा यो परियोजना संचालन भएपछि नेपालकै एक उत्कृष्ट स्थल जहाँ बिश्व सम्मेलन देखि पर्यटन स्थल तथा कृषि संम्बन्धि अध्ययन केन्द्र समेत बन्ने छ । 
 
त्यस्तै उनको अर्को प्रोजेक्टका रुपमा एनएसडब्लुको मिटागाँउ (सिड्नी बाट १०० किमि) भन्ने ठाउमा करिब ४० बिघा जग्गा खरिद गरेका छन् । त्यसलाई उनले नेपाल भिलेजको नाम दिएर व्यवसायीक पर्यटकीय स्थलको रुपमा निर्माण गर्ने महत्वकांक्षी योजनाको रुपमा अगाडि ल्याउने भएका छन् । जग्गाको वरि परि बस्ती भएको र पश्चिम भागमा क्यानबेरा जाने हियूम हाईवे भएकाले पनि सो स्थान निक्कै उपयूक्त ठाउँमा रहेको छ । अधिकांश जग्गामा रुखहरु भएको अर्थात जंगलकै स्वरुपमा रहेको, केहि स्थानहरु अग्ला भएका र तलाउ समेत भएकाले आफ्नो योजनाका लागि उपयूक्त स्थान पाउन सकेको श्रेष्ठ बताउछन् । सिड्नीमा बस्ने हजाराँै नेपालीहरुलाई विदामा घुमघाम देखि पिकनिक तथा बार्बिक्यू लगायतका गतिबिधि गर्न सक्ने यस परियोजनाका उदेश्यहरु रहेका छन् । परियोजना सफल भए नेपालीहरुका लागि यो कार्य नमूना नै हुनुको साथै नेपालीहरुको शीर उच्च राख्न सक्ने बिश्वास लिन सकिन्छ । 
 
श्रेष्ठका अरु पनि थुप्रै ब्यवसायहरु नेपाल र नेपाल बाहीर संचालनमा छन् । एनआरएनका माध्यमबाट पनि उत्तिकै इन्भेष्टमेण्ट गरी रहेका उनि एक सफल ब्यवसाय संचालनको लागि परामर्शदाताको रुपमा समेत सकृय छन् । हाल पनि समृद्ध नेपाल निर्माण गर्नका लागि बिदेशमा रहेका नेपालीहरुबाट साना तथा ठूला लगानी भित्र्याउन उपयूक्त लगानीको वातावरण निर्माण गर्न लागि परेका छन् । श्रेष्ठले अघि सरेका कार्यहरु पूरा भएर नेपालीलाई चिनाउने कार्य गर्न सकुन हाम्रो शुभकामना । 
(नेपाली भिजनका लागि राजेश्वर घिमिरेले गरेको कुराकानीमा आधारीत)