परिचय : व्यवसायी र व्यवसायको - मोहन ढुङ्गाना


Date:2015-11-22
हरेक मानिसको चहाना हुन्छ उज्वल भविष्य अनि सु:खी जीवन व्यतित गर्ने । जीवन आफूले कल्पना गरेअनुरुप अघि बढ्न सबैलाई त्यति सजिलो भने हुँदैन । विभिन्न आरोह अवरोहहरुलाई पार गर्दै हजारांैको भिडमा आफू परिचित र सफल हुनु चानचुने कुरा भने होईन । जीवनमा केहि गरांै भनी कडा मेहनत र संघर्ष गर्दै सुनौलो भविष्यको कल्पना अनि अवसरको खोजीमा अष्ट्रेलिया आउनु भई हाल यूनिगो एजुकेशन मार्फत विद्यार्थीहरुको सेवामा सेवारत रहनु भएका सफल व्यवसायी हुनुहुन्छ मोहन ढुंगाना । 
जेठो छोराको रुपमा जन्मिनु भएका उहाँ सानै देखि पढाईमा अब्बल हुनुहुन्थ्यो । सिद्धार्थ शिशु सदन टेकु काठमाण्डौबाट विद्यालयको अध्ययन प्रारम्भ गर्नुभएका उहाँले कक्षा ७ बाट बालकुमारी बोर्डिङ स्कूलमा अध्ययन गरी त्यहिं बाट एसएलसी सम्मको शिक्षा हाँसिल गर्नु भयो । नेपाल ल क्याम्पसबाट ल विषयमा व्याचलर उतिर्ण गर्नु भएका ढुंगानाले माष्टर अफ विजनेस स्टडिज (एमबिएस) भने शंकरदेव क्याम्पसबाट पूरा गर्नु भयो । नेपालमा रहँदा पढाई सँगै शिक्षक पेशामा आवद्ध रही विद्यार्थीहरुलाई केहि समय ज्ञान हाँसिल गराउनु भएका उहाँ एजुकेशन क्षेत्रमा अनुभवी हुनुहुन्छ । कलेज जीवन देखि नै विभिन्न माध्यमद्धारा शैक्षिक परामर्श केन्द्रहरुमा संलग्नता जनाउदै आउनुभई विद्यार्थीहरुकै सेवामा कार्यरत हुनुहुन्थ्यो । अध्यनकै शिलशिलामा सन् २००८ अगष्टमा अष्ट्रेलिया आई सेन्ट्रल क्विनसल्याण्ड यूनिभर्सिटीबाट माष्टर इन प्रोफेशनल अकाउन्टिङ (एमपिए) गरेर करिव डेढ वर्ष जति ट्याक्स अकाउन्टेन्टको रुपमा कार्य समेत गर्नु भयो । हाल श्रीमती प्रजुला सँग अष्ट्रलियामा बस्दै आउनु भएका यिनै श्रृजनशिल अनुभवी व्यक्तित्व मोहन ढुंगाना सँग द नेपाली भिजन अष्ट्रेलियाले गरेको कुराकानीको सारसंक्षेप :– 
 
प्रश्न १, यूनिगो एजुकेशन कसरी शुरु गर्नु भयो ?
 
आफूले पहिला देखि नै गर्दै आएको कामलाई निरन्तरता दिने उदेश्यले मार्च २०१५ देखि यूनिगो एजुकेशन कन्सल्टेन्टलाई नेपालको Aus Studies Consultants को सिष्टर अर्गनाईजेशनको रुपमा प्रमोट गर्दै आएको छु । 
 
प्रश्न २, तपाईहरुले आफ्नो व्यवसायबाट कस्ता सेवाहरु दिईरहनु भएको छ ?
 
यूनिगो एजुकेशन कन्सल्टेन्टले अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिंदै आएको छ र साथै माईग्रेशन सेवा पनि रजिष्टर्ड माईग्रेशन एजेण्टको सहयोगमा दिंदै आएको छ । 
 
प्रश्न ३, एजुकेशन परामर्शदाताले सेवामा ध्यान दिनु पर्ने मूख्य कुरा के हुन सक्छन् ? छोटकरीमा बताई दिनुहोस् न ।
मेरो विचारमा एजुकेशन परामर्शदाताले निम्न कुराहरुमा ध्यान दिनु पर्दछ । 
– आफ्नो पेशा वा व्यवसायको राम्रो सँग ज्ञान हुनु जरुरी छ, Establishing a Good Rapport With The Clients, Honesty, Integrity and Accountability.
 
प्रश्न ४, व्यवसायलाई विस्तार गर्ने तथा कुनै नयाँ योजना गर्दै हुनुहुन्छ कि ?
मेलवर्नमा भएको कन्ट्याक अफिसलाई मेलवर्न शहरमा सार्ने योजना छ । 
 
प्रश्न ५, व्यवसायमा आउनु पूर्व र आइसके पछि तपाईले आफूमा कस्तो फरक पाउनु भयो ? कुनै अनुभव ?
 
व्यवसायमा आउनुपूर्व म शिक्षक थिएँ । मैले माष्टर र व्याचलर लेवलका विद्यार्थीहरुलाई Taxation र इकोनोमिक्स विषय पढाउथें । त्यसको साथै UNICEF कन्सलटेन्सको नेतृत्वमा ग्ल्क्ष्ऋभ को प्रोजेक्टमा सिनियर अकाउन्टेन्ट भएर काम गर्दथें । सन् २००६ देखि नेपालमा Aus Studies Consultant को फाउन्डर मेम्वर हुँदै यस शैक्षिक परामर्श दिने काममा आवद्ध भएको हुँ । व्यवसायमा आउनु पूर्व र आईसके पछि गर्ने मेहनतमा फरक हुँदैन तर कम्पनी प्रतिको जिम्मेवारीमा चाहिं फरक हुन्छ जस्तो लाग्छ । आफ्नो कम्पनी भनेको आफूले जन्माएको सन्तान सरह हो जस्तो लाग्छ । 
 
प्रश्न ६, नेपाली समुदायमा चाहिने भन्दा बढी माईग्रेशन तथा एजुकेशन एजेण्ट भएका हुन ? तपाईको विचारमा के लाग्छ । 
 
त्यो गलत हो, जति धेरै कन्सल्टेन्स भयो त्यति नै धेरै राम्रो सेवाहरु क्लाइन्टले पाउँदछन् । यो अवस्थामा क्लाइन्टहरुले पनि राम्रो संस्था छान्न सक्नु पर्दछ । इन्ड्रष्टीमा जति धेरै प्रतिष्पर्धा भयो त्यति नै धेरै त्यतिनै राम्रो सेवा प्राप्त हुन्छ जस्ले गर्दा लामो समय सम्म क्लाईन्ट लाई नै बढी फाईदा पुग्छ । 
 
 
प्रश्न ७, आफ्ना ग्राहक तथा विद्यार्थीहरुलाई तपाई कुन हद सम्मको सेवा दिन सक्नुहुन्छ अर्थात ग्राहकहरु तपाईकोमा नै सेवा लिन किन आउनु पर्दछ भन्ने मान्यता राख्नु हुन्छ ? 
 
भनिन्छ It Costs Five Times As Much To Coin A New Customer Than To Keep A Current One त्यसैले मैले दिने सेवा Client Focused Approached Model मा आधारित छ । मेरो अनुभव अनुसार ग्राहकहरुले मलाई नै रोज्ने कारण निम्न हुन सक्छ: 
– मेरो पेशा प्रतिको honesty and Accountability, मेरो पेशाको विषयगत ज्ञान, आवश्यकता अनुसार मैले दिने व्यक्तिगत सेवा र Telling the Clients Truth and I love What I do.
 
प्रश्न ८, यहाँको नेपाली समुदायलाई कसरी हेर्नु भएको छ ? समुदायलाई भन्नु पर्ने केहि छन् कि ?
मेरो अनुभव अनुसार यहाँको सबै नेपाली समुदायहरु धेरै सहयोगी र मनकारी भावना भएकाहरु पाएको छु । म समुदायलाई के भन्न चहान्छु भने तपाईहरुको सहयोगी हातहरुले गर्दा नेपालमा समस्या परेकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भईरहेका छन् । त्यसैले त्यो सहयोगी भावना र सहयोगी हातहरु सँधै कायम रहिरहोस्  ।
 
प्रश्न ९, फुर्सदको समय कसरी बिताउनु हुन्छ ?
साथीभाई र परिवारसँग भेटघाट, नयाँ ठाउँको खोजी गर्ने, कितावहरु पढेर बिताउने गर्दछु ।