परिचय: व्यवसायी र व्यवसायको- किशोर अर्याल


Date:2015-08-19
नेपाली भिजन । भविष्यको गन्तब्य अनिश्चित छ । समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँदछ, जीवनमा कहिल्है स्थाई रुपमा विदेशिने सोच नभएका किशोर अर्याल नेपालको दक्षिणकाली ५, काठमाण्डौमा सन् १९७४ मा जन्मिएका हुन् । एस.एल.सी सम्मको शिक्षा त्रिभुवन आदर्श माध्यमिक विद्यालय, फर्पिङ्ग बाट गर्नुभएका अर्यालले शंकरदेव क्याम्पस बाट एम.बिए र पाटन क्याम्पस बाट : M.A (Sociology And Anthropology) सम्मको अध्ययन गर्नुभएको छ । जीवनमा संधै नयाँ कुराको सुरुवात गर्न रुचाउने स्वभावका अर्याल सन् २००८ मा अष्ट्रेलिया आउनु पूर्व नेपालमा नै स्वस्थ्य शिक्षा जस्ता क्षेत्रको व्यवसाय गर्नु भएको थियो । नेपालमा रहँदा बहुराष्ट्रिय कम्पनीमा लामो समय सम्म गरेको कामको अनुभवले उनले सन् २००३ मा आफ्नै मार्केटिङ्ग संबन्धिको व्यवसाय स्थापना गर्दा स्थाई रुपमा विदेशिने सोच कहिल्है गरेका थिएनन् । यसका साथै सन् १९९९ मा एम.बि ए सक्नासाथ काठमाण्डौका आधा दर्जन जति कलेजमा व्यवस्थापन विषयमा अध्यापन गराउनु हुन्थ्यो । अध्ययनका शिलशिलामा अष्ट्रेलिया आउनुभएका अर्यालले ताजमानिया बिश्वबिद्यालयबाट नर्सिङ्गमा स्नातक र वलङ्गगङ्ग बिश्वबिद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । सामाजिक कार्यमा सानै देखि रुचि भएका अर्याल श्रीमती पुष्पा घिमिरे, एक छोरा र एक छोरीका साथ सिड्नीको वेईटारामा स्थाई बसोवास गर्दै आउनुभएको छ । एड्भान्स कलेज अफ् हेल्थका संचालक किशोर अर्याल संग द नेपाली भिजन अष्ट्रेलियाले गरेको कुराकानीको सारसंक्षेप । 
 
प्रश्न १, एड्भान्स कलेज अफ् हेल्थ कसरी शुरु गर्नु भयो ?
सन् १९९३ मा बागबजारमा एबिसी ल्याङग्वोज इन्टिच्यूट बाट सुरु भएको पारिवारिक शैक्षिक पृष्ठभूमी विभिन्न कलेजमा अध्यापन गराएको अनुभब  लगायत स्वस्थ्य क्षेत्रमा अध्ययन र काम गरेको अनुभव बाट नेपाली कम्यूनिटीमा ट्रेनिङ्ग सेन्टर को आवश्यकता महशुस गरी ईश्वर बाबु दाहाल संग सहकार्य गरेर सन् २०१३ मा यस संस्थाको स्थापना गरियो ।  
 
प्रश्न २, तपाईहरुले आफ्नै व्यवसायबाट कस्ता सेवाहरु दिई रहनु भएको छ ?
Advance College Of Health n] Aged Care (Certificate III And IV) First Aid And CPR को तालिम संचालन गर्दै आएको छ । यसका अलावा आफ्ना विद्यार्थीहरुलाई Resume Preparation, Job Information, Communication And Interview Skills, Mock Interview साथै Job References को सुविधा पनि दिएका छौं । विद्यार्थीलाई USI लिन देखि Police Report बनाउन सम्मका सुविधा हाम्रै कलेजबाट प्रदान गर्दछौ । 
 
प्रश्न ३, व्यवसायलाई कहाँ सम्म पुर्‍याउने विचारमा रहनु भएको छ ? कुनै नयाँ योजना छन कि ? 
 
एड्भान्स कलेज अफ् हेल्थ, हिमालयन एजुकेशन ग्रुपको एक हाँगा हो, जस्ले हेल्थको एरियामा मात्र बसेर कार्य गर्दछ । यसलाई भविष्यमा अष्ट्रेलियाका अन्य सहरहरुमा पनि विस्तार गर्ने छांै । नयाँ योजनाहरु पनि छन् जुन योजनाहरु स्वास्थ्य सम्वन्धि नै हुनेछन् र एक अर्कामा पूरक हुनका लागि आउँनेछन् । 
 
प्रश्न ४, व्यवसायमा आउनु पूर्व र आइसके पछि तपाईले आफूमा कस्तो फरक पाउनु भयो  ? कुनै अनुभव ?
 
व्यवसायमा र जागीर दुवैमा फाईदा बेफाईदा छन् जस्तो लाग्छ । जागीर गर्दा अरुको अण्डरमा काम गर्नुपर्ने तर परिवारको लागि थुप्रै समय हुने गर्दथ्यो तर आज म सँग पारिवारिक समयको खाँचो छ । सेवामूलक व्यवसाय भएकाले कुनैपनि बेला कहिबाट पनि सेवा दिन तयार रहनु पर्दछ । त्यसैले विभिन्न समस्याहरु बाट जुध्दै समस्यालाई अवसरका रुपमा लिंदै दिन प्रतिदिन सिक्दै अगाडि बढि रहेको छु जस्को कारणले आत्मसन्तुष्टी छुं ।  
प्रश्न ५, स्वस्थ्य शिक्षा सम्वन्धि व्यवसाय गर्दै हुनुहुन्छ, प्रतिस्पर्धा र जोखिम कत्तिको रहेको छ ?
 
आजको २१ औं शताब्दीमा प्रतिस्पर्धा र जोखिम नहुने त कुरै भएन तर पनि स्वच्छ प्रतिस्पर्धा हुँदा त खुसी लाग्छ तर अस्वस्थ प्रतिष्पर्धा हुँदा चाहि कहिलेकाहि दिक्क लाग्दछ । यस्तो विकसित देशमा उच्च शिक्षा हासिँल गर्न आउने विद्यार्थीहरुको सोच संगसंगै तालिम प्रदान कर्ताको Cut –throat Mkt Strategy  ले Quality Training Provider  लाई  Maintain गर्न गाह्रो भएको महशुस गरिराखेका छौं । यसरी अस्वस्थ प्रतिष्पर्धा हुँदै गयो भने थोरै शु:ल्कमा काम गर्नुपर्ने जोखिम छ ।
 
प्रश्न ६, यहाँको नेपाली समुदायलाई कसरी हेर्नु भएको छ ? कुनै स्थानिय संघ संस्थामा संलग्न हुनुहुन्छ ?
 
अष्ट्रेलिया आए लगत्तै नर्दन बिचेस नेप्लिज सोसाईटी को संस्थापक कोषाध्यक्ष भएर केहि वर्ष सेवा गरे र समयले साथ दिएको समयमा सामाजिक कार्य गर्नमा पछि पर्दिन । आजभोली पारिवारिक व्यस्तताले गर्दा धेरै समय दिन पाईरहेको छैन तर पनि प्रत्यक्ष अप्रत्यक्ष बिभिन्न संस्थामा आवद्ध भएर सामाजिक कार्यक्रमहरु सफ्ल पार्न सहयोग गर्ने गरेको छु ।
 
प्रश्न ७, फुर्सदको समय कसरी बिताउँनु हुन्छ ?
पारिवारिक जमघट, साथीभाईहरु संग घुम्ने, किताबहरु पढ्ने र आफूलाई मनपर्ने ठाउँको घुम्ने साथै मनपर्ने विषयको अध्ययन अनुसन्धन गरेर समय बिताउँछु । 
 
प्रश्न ८, नेपालमा गएको महाभूकम्पले पारेका विपत्ति पछि गैरअवासीय नेपालीहरु पुननिर्माणमा जुट्दै छन्, यसमा तपाईको भूमिका कस्तो रहन्छ ?
देशले नसोचेको परिस्थितिको सामना गर्नु पर्‍यो । यस घडीमा सबै नेपाली नागरिकको कर्तव्य हो देशलाई सहयोग गर्ने एड्भान्स कलेज अफ् हेल्थको तर्फबाट  एक हजार डलर र व्यक्तिगत रुपमा मैले पाँच सय डलर को सहयोग गरें र आउने दिनमा पनि गर्ने छांै । 
 
 
प्रश्न ९, एज केयर  को तालिम लिन चहाने नेपाली दाजुभाई दिदीबहिनीलाई केहि भन्न चहानु हुन्छ ?
 
म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु जसले यस क्षेत्रमा लाग्ने सोच बनाउनु भएको छ । उहाँहरुलाई राम्रोसंग अध्ययन अनुसन्धन गरेर गुणस्तरिय तालिम केन्द्र तथा मान्यता प्राप्त केन्द्र बाट तालिम लिनको लागि सल्लाह दिन्छु जस्ले गर्दा तपाईको यस तालिम लिनुको उदेश्य पूरा होस । अन्त्यमा बिचार राख्ने मौका दिनु भएकोमा म यस पत्रिकाको सम्पूर्ण टिमलाई धन्यवाद दिँदै यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।