परिचय : व्यवसायी र व्यवसायको - परशुराम अधिकारी


Date:2015-07-22
परिचय : व्यवसायी र व्यवसायको - परशुराम अधिकारी (राईट एण्ड एशोसिएट्स)
 
नेपाली भिजन । जीवनको लक्ष्य प्राप्त गर्न जो कोहि मानिसलाई दुई कुराले धेरै महत्व राख्ने गर्दछ, ती हुन् जन्मदाता र कर्मदाता । यस्तै आफूलाई शैक्षिक परामर्श दाता भनि परिचय दिन रुचाउनु हुने, विद्यार्थीहरु माझ परिचित नाम हो परशुराम अधिकारी । नेपालको तनहुँ बरभञ्ज्याङमा जन्मिनु भएका अधिकारीले विद्यार्थीहरुका लागि एउटा कर्मदाताका रुपमा खडा भई आफू संग भएको ज्ञान विद्यार्थीहरु माझ प्रष्फुटन गरी उनिहरुले गरेका प्रगतिलाई नै आफ्नो सबैभन्दा ठूलो सन्तुष्टी र उपलब्धि ठान्नु हुन्छ । इकोनोमिक्स विषयमा नेपालमा व्याचलर सम्मको अध्ययन पूरा गरी सन १९९६ मा अध्ययन अनि अवसरको खोजीमा अष्ट्रेलिया आउनुभएका उहाँले जागीर देखि लिएर आफ्नै व्यवसाय सम्मको अनुभव बटुल्नु भएको छ । करिव डेढ दशक समय शैक्षिक क्षेत्रमा विद्यार्थीहरुको सेवामा आफूले प्रशिक्षण दिई दक्ष डाक्टर देखि संसारका विकसित ठाउँमा रहि कार्य गर्न अब्बल बनाएको कुरा शब्दमा व्यक्त गर्न असम्भव ठान्नु हुन्छ । 
 
एकातिर आफ्नो व्यवसाय अर्कातिर समाजिक कार्यमा पनि उत्तिकै लगाव राख्नु हुने उहाँ हालै मात्र गठित तनहुँ समाज अष्ट्रेलियाको अध्यक्ष पदमा नियुक्ति हुनु भएको छ । व्यवसायमा करिव डेढ दशक समय सफल व्यवसायीका रुपमा विताई सक्नुभएका उहाँ हाल “राईट एण्ड एशोसिएट्स” नामक व्यवसायमा आवद्ध हुनुहुन्छ । श्रीमति रजनी अधिकारीका साथ सिड्नीमा स्थाई बसोबास गर्दै आउनु भएका यिनै श्रृजनशिल अनुभवी व्यक्तित्व संग उहाँको व्यवसायिक जीवनको अनुभवका बारेमा द नेपाली भिजन अष्ट्रेलियाले गरेको कुराकानीको सारसंक्षेप ।
 
प्रश्न १, राईट एण्ड एशोसिएट्स कसरी शुरु गर्नु भयो ? शुरुका दिनका अनुभवहरु बताई दिनु होस् न ।
 
राईट एण्ड एशोसिएट्स भनेको नेपालमा राईट एजुकेशन कन्सल्टेन्सी को विस्तार रुप हो । यसको स्थापना सन् २००१ देखि शैक्षिक परामर्श दिने उदेश्यले स्थापना भएको हो । यसको अनवरत विस्तारको क्रममा २००९ को फेब्रुअरीमा अष्ट्रलियाको सिड्नीमा विधिपूर्वक दर्ता भई सेवा प्रदान गर्न शुरु गरिएको हो । स्थापनाको शुरुका दिनहरुमा नयाँ दाउमा विजनेस स्थापना गर्दा चुनौती र अवसर दुबै हामी अगाडि थिए । तर हामी भाग्मानी नै मान्नु पर्दछ । चुनौतीलाई झेल्दै अवसरहरुको सदुपयोग गर्दै अगाडि बढ्ने मौका पायौं । 
 
प्रश्न २, तपाईहरुले आफ्नै व्यवसायबाट कस्ता सेवाहरु दिईरहनु भएको छ ? हालसम्म कहाँ कहाँ सेवा विस्तार गर्नु भएको छ ?
राईट एण्ड एशोसिएट्स मार्फत शैक्षिक परामर्श, Change of Course And Provide Credit Transfer, Ongoing Support During Our Students Study Period+Full Phase Migration Assistance. मलाई पूर्ण विश्वास छ हामीले जुन हदसम्म सेवा प्रवाह गर्न सकेका छांै त्यसले सम्वन्धित विद्यार्थीको हित नै पुर्‍याएको छ ।  
 
प्रश्न ३, नेपालीहरु संलग्न रहेको शिक्षा क्षेत्रको व्यवसायमा तपाईको अनुभव र स्थान अत्यन्तै राम्रो र सफल रहेको छ, के कारण होला यस्तो सफलताको ?
 
एजुकेशन एण्ड माइग्रेशनमा परामर्श क्षेत्र हेर्दा र सुन्दा जति सजिलो देखिन्छ त्यति सहज भने छैन । साथै क्ख्ए र SVP / Non SVP जस्मा  Requirement  ले गर्दा धेरै नै दुविधा उत्पन्न गरेको छ । दिनहुँ हामीहरु म विजनेस पाटर्नर बाल चन्द्र भट्टराई माइग्रेशन एजेण्ट दिनेश खनाल, काउन्शिलर राजिब ढंगोल विविध किसिमका विद्यार्थीहरुको समस्यालाई यथासक्दो जानकारी दिएर सहयोग गर्ने प्रयत्न गरिरहेका हुन्छौं । जति ठूलो प्रतिस्पर्धा देखिए पनि हाम्रो लामो अनुभव र विद्यार्थीहरुसंग सिधा सम्पर्कले गर्दा व्यवसाय दिन प्रतिदिन राम्रो हँुदै गएको छ । यसका कारणहरु एजुकेशन कन्सल्टेन्ट र माईग्रेशन एजेण्ट विचको समन्वय पनि एउटा प्रमुख कारण हो । हाम्रो राईट एण्ड एशोसिएट्स एजुकेशन र माईग्रेशन दुबै सेवा विस्तार हँुदै गएको छ । कलेज र यूनिभर्सिटीहरु संगको सौहाद्र्रपूर्ण सम्वन्धले गर्दा विद्यार्थीहरुलाई सहयोग पुगेकाले पनि व्यवसाय फष्टाउन सकेको हो । हाम्रो सबैभन्दा राम्रो पक्ष विद्यार्थीहरुको समस्यालाई आफ्नै समस्या जस्तै गरेर हेर्नाले अत्यन्त हाम्रो विजनेश विस्तारमा सहयोग पुगेको छ साथै अफिस लोकेशन टिम वर्क पनि प्रमुख कारणहरु हुन् । 
 
प्रश्न ४, व्यवसायलाई कहाँ सम्म पुर्‍याउने बिचारमा रहनुभएको छ ? कुनै नयाँ योजना छन् कि ? 
 
राईट एण्ड एशोसिएट्सलाई नेपालमा काठमाण्डौ र चितवन बाहेक अन्य प्रमूख शहरहरुमा सेवा विस्तार गर्ने सोच छ । अष्ट्रेलियाको हकमा सिड्नी बाहेक दुई प्रमुख शहरहरु मेलवर्न र ब्रिसवेनमा शाखा खोल्ने योजनाहरु छन् । समयले आउँदा दिनहरुमा कतिको साथ दिन्छ । ठाउँ ठाउँबाट ब्रान्च अफिसको लागि इच्छुक साथीहरुले जोड दिंदै आउनु भएको छ । म उहाँहरु सबैलाई धन्यवाद दिन चहान्छु र आउँदा दिनहरुमा यथोसक्य प्रयास गर्ने नै छौं । 
 
प्रश्न ५, व्यवसायमा आउनु पूर्व र आइसके पछि तपाईले आफूमा कस्तो फरक पाउनु भयो  ? कुनै अनुभव ?
 
मेरो सानो जागीर जीवनको अनुभव भएकाले जागीर र व्यवसायमा आ–आफ्नै फाईदा र वेफाईदाहरु छन् । जागीरमा छुट्टै मज्जा र अफिस टाईम पछि खासै चिन्ता लिनु पर्दैन । परिवारलाई ज्यादा समय दिन सकिन्छ । तर व्यवसाय भन्ने वित्तिकै २४ सै घण्टा प्राय: व्यस्त हुनु पर्दछ । प्राइभेट समय ज्यादै कम हुन्छ । अझ हाम्रो जस्तो सेवामूलक व्यवसायमा ज्यादै धेरै समय व्यवसायलाई दिनु पर्दछ । यति हुँदाहुँदै पनि जागीर भन्दा व्यवसाय गर्दा हरेक दिन नयाँ नयाँ समस्या र सम्भावना/चुनौती हुने भएकाले म व्यक्तिगत रुपमा व्यवसायी हुनुमा छुट्टै अप्ठ्यारो र मज्जा छ जस्तो लाग्दछ । 
 
प्रश्न ६, माईग्ेरशन तथा एजुकेशनमा भएको अस्वस्थ प्रतिस्पर्धाले धेरै विद्यार्थी बर्बाद भएको गुनासोलाई कसरी लिनु हुन्छ ?
 
एजुकेशन र माईग्रेशन सेवामा नेपाली समूदायभित्र अस्वस्थ प्रतिस्पर्धा छ भन्छन् तर मलाई खासै यसमा विश्वास लाग्दैन । यसले विद्यार्थीहरुलाई छनोट गर्ने सम्भावना र हामीलाई उच्चस्तरिय सेवा दिन प्रेरणा दिएको छ जस्तो लाग्दछ । अझ AECA को स्थापनाले एजुकेशन र माईग्रेशन एजेण्टहरुलाई एउटै स्थलमा राखेर एक आपसमा भाईचाराको सम्वन्ध विस्तार गर्न सहयोग पुर्‍याएको छ । साथै एजेण्टहरुको विचमा अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्नेहरुलाई पनि स्वस्थ प्रतिस्पर्धामा ल्याउनलाई महत्वपूर्ण भूमिका खेलेको छ । म स्वयम आफूलाई गर्व लाग्दछ AECA को Founder Member हुन पाएकोमा ।
 
प्रश्न ७, नेपाली समुदायमा चाहिने भन्दा बढी माईग्रेशन तथा एजुकेशन एजेण्ट भएका हुन ? तपाईको बिचारमा के लाग्छ ।
 
पहिला दिनको तुलनामा एजुकेशन र माईग्रेशन सेवा प्रदान गर्ने संस्था हरेक वर्ष बढ्दै गएका छन् । तर मलाई लाग्दैन बढी नै भयो भनेर । हरेक क्षेत्रमा यो क्रम बढदो छ तर यसको निर्धारण र रोक्ने काम बजार व्यवस्थापनले नै यस्लाई व्यवस्थित गर्दै लैजान्छ जस्तो लाग्दछ । आउँदा दिनहरुमा एजुकेशन र माईग्रेशन व्यवसायमा आउन इच्छुकहरुलाई त्यति सजिलो चाहि छैन जस्तो लाग्दछ । तर क्षमता र सिप हुनेहरुको हकमा कहाँ नै बन्देज लाग्छ र । 
 
प्रश्न ८, तपाई भर्खरै तनहुँ समाजको अध्ययक्ष पनि हुनु भएको छ, भावि दिनमा आफूलाई कसरी समुदायमा प्रस्तुत गर्दै हुनु हुन्छ नि ?
 
अत्यन्त खुसी छु साथीहरुको सहयोगमा तनहुँ समाजको गठन गर्न सकेकोमा । यसै सन्देशमा एउटा सानो कविता छ यहाँको पत्रिका मार्फत शेयर गर्न चहान्छु । 
“म पनि तपाई जस्तै खुसीले गद्गद भएको छु । 
झन, बन्दीपुर र व्यास नगरपालिकाको सम्झनाले ।
अर्कोतर्फ एसफिल्ड पार्क आफै हाँसिदिएको छ तपाई सबै संगै आउँदा । 
झन तन मन संगै मातिएको छ तपाई तनहुँ संगै तनहुँ अष्ट्रेलियामा पाउँदा ।”
 
साथीहरुको विश्वासले मलाई अध्यक्षको रुपमा काम गर्ने अवसर दिनु भएको छ । म सबैलाई तपाईको लोकप्रिय पत्रिका मार्फत धन्यवाद दिन चहान्छु । व्यवसायबाट बचेको समय समाज सेवामा आएको हुँ र आउँदा दिनहरुमा गृह जिल्लाबाट शुरु किन नगर्ने भन्ने भावनाले गरिएको सुरुवात हो । धेरै काम गर्न बाँकी नै छ तैपनि हामी सम्पूर्ण टिम यथासक्दो अष्ट्रेलियामा रहेका तनहुँवासी विच भाईचाराको सम्वन्ध विस्तार गर्दै तनहुँको विकासमा सहयोग पुर्‍याउने छौं । तनहुँ समाज अष्ट्रेलियाको मूलमन्त्र एकतावद्ध भई विशुद्ध भावनाले अगाडि आएका छौं । विश्वास छ सबैको माया र ममता तनहुँ समाजलाई हुने नै छ भन्ने । 
 
प्रश्न ९, नेपालमा गएको भूकम्पले पारेका विपत्ति पछि गैरआवासीय नेपालीहरु पुनरनिर्माणमा जुट्दै छन्, तपाईको भूमिका कस्तो रहन्छ ?
 
यसपटकको भूकम्पले देशको लागि महाविपत्ति ल्याई दिएको छ । सबै क्षेत्रबाट सक्दो यो घडीमा सहयोग गर्नु हरेक नागरिकको कर्तव्य र धर्म हो । यसलाई आत्मसाथ गर्दै राईट एण्ड एशोसिएट्सको तर्फबाट दुई हजार डलर आर्थिक सहयोग गर्‍यौं । आ–आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गरेका थियांै र गर्ने नै छौं । अन्त्यमा यस लोकप्रिय पत्रिका मार्फत राईट एण्ड एशोसिएट्स र आफ्नो विषयमा कुरा राख्ने मौका दिनु भएकोमा म यस पत्रिकाको सम्पूर्ण टिम लगायतलाई धेरै धेरै धन्यवाद र आउँदा दिनमा यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।