नेपाली हिन्दु समाजले जमार बितरण गर्ने

 
बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली हिन्दू समाजले बिजय दशमी २०७४ को उपलक्ष्यमा सामुहिक रुपमा घटस्थापना र जमार बितरण गर्ने तयारी गरेको छ । तर यस बर्षमा भने ग्रानभिलमा मात्र सिमित नभई ग्रानभिल, हन्सब्वी, एशफिल्ड, मिन्टो, कोग्रा र ब्लाकटाउनबाट समेत जमारा बितरण गरीने पण्डित पकाश डोढारीले बताए ।